logo
  • शुक्रबार, असोज ९ २०८३

तृप्ति र मिलनको “माया नै माया छ” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ माघ १५।
पछिल्लो समय चर्चाको शिखरमा पुगेर विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त बनेकी चर्चित गायिका तृप्ति खड्का गुरुङ तथा अर्का चर्चित गायक मिलन लामाको सुमधुर आवाज रहेको “माया नै माया छ” बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजानिक भएको छ ।बिगत आधा दशक देखि हिट तथा चर्चित गितहरु गाएर नेपालि सांगीतिक बजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजको धनि गायक मिलन लामाको स्वर रहेको यस गितले पनि चर्चा बटुल्ने क्रममा छ ।

गायक मिलन लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन । चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस भिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन ।

मोडल बिजय गुरुङ, बिष्णु चेमजोङ तथा गायक मिलन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा लिएर आएको छ ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend