logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोट बहुमुखि क्याम्पसको आयव्यय २ करोड ९५ लाख


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ १५ ।
धुर्कोट परमानन्द बहुमुखि क्याम्पस धुर्कोट गाउँपालिका वार्ड नम्बर ५ वस्तुको आठौँ साधारण सभा तथा नवौँ बार्षिकोत्सव सम्पन्न भएको छ । साधारणसभामा २ करोड ९५ लाख ६८ हजार ४ सय २९ रुपँैया ६४ पौसा बराबरको आयब्यय प्रस्तुत गरिएको छ ।

आम्दानीतर्फ १३ र खर्चतर्फ २० शिर्षकमा तयार पारिएको आयब्यय क्याम्पस संचालक समितिका कोषाध्यक्ष केसवराज भण्डारीले प्रस्तुत गरेका हुन् । आम्दानीतर्फ प्रमाण पत्र शुल्कबापत २४ हजार, भर्ना शुल्क एक लाख ५२ हजार ५ सय ५०, मासिक शिक्षण शुल्कतर्फ २ लाख ९१ हजार नौ सय, आवेदन शुल्कतर्फ १ लाख २३ हजार ६ सय २५ लगायत रहेको छन् ।

त्यस्तै गण्डगी विकास बैंकबाट १ लाख ५३ हजार ८ सय ५५ रुपँैया १६ पैसा, राष्ट्रिय वाणिज्य बैंकबाट ३ हजार ५ सय १० रुपैया ७४ पैसा र साईन रेसुङ्गा बैंकबाट १७ लाख ४० हजार ४ सय ४३ रुपँैया १ पैसा बैंकब्याजबाट क्याम्पसलाई आम्दानी भएको छ ।

विश्व विद्यालय अनुदान ५ लाख ९९ हजार ८ सय, जिल्ला विकास समिति अनुदान नौ लाख ५२ हजार नै सय ९९ तथा स्थानिय बाबुराम सरबाट सापटीस्वरुप ७३ हजार ४२ रुपँैया १० पैसा पनि क्याम्पसको आम्दानीतर्फको स्रोत बनेको छ ।

क्याम्पसको खर्चतर्फ प्रध्यापक तथा कर्मचारी तलब १५ लाख ९३ हजार नौ सय ६०, पाठ्यपुस्तक खरिदतर्फ ३२ हजार एक सय ४०, परिक्षा फर्म शुल्कतर्फ ८० हजार आठ सय ९०, दैनिक भ्रमण खर्च तिन लाख ९३ हजार रहेका छन् ।

त्यस्तै शैक्षिक भ्रमणमा १३ हजार, क्याम्पस संवन्धन नविकरणमा ३४ हजार, भवन निर्माणको लागि प्राविधिकमा ९१ हजार सात सय, बैंक कर हिसाबमा एक लाख ६५ हजार नौ सय ७४ रुपँैया १० पैसा तथा सापटि हिसाबमा एक लाख २९ हजार चार सय ६३ रुपैँया ६५ पैसा लगायतका शिर्षक गरी खर्च देखाइएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विगतका क्याम्पसका कार्यहरु, आगामी दिनमा क्याम्पसले लिनुपर्ने शैक्षिक नीतिहरु, क्याम्पसको लक्ष्य तथा उदेश्यहरु र क्याम्पसका चुनौतिहरुको बारेमा बताएका थिए । कार्यक्रममा गुल्मी क्षेत्र नम्बर २ प्रदेश २ सासंद दिनेश पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend