साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ १५ ।
मालिका गाउँपालिका ७ को घमिरमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा गाउँपालिकाका वडा नं ७, ८, ५ र ६ वडाका नागरिकहरुले सेवा लिएका छन् । शिविर विभिन्न समस्या भएका ६ सय बाख्रा, ३ सय भैसी, १ सय ५० गाइ गरु र १ सय वटा कुखुराको लागि २० थरिका औषधी बितरण गरिएको पशु स्वास्थ्य प्राविधिक बसन्त भुसालले जानकारी दिए ।
गाउँ घरमा पशु स्वास्थ्य शिविर संचालन भएपछि स्थानीय निकै खुसी भएका थिए । बाख्रा र भैसीको औषधी लिन शिविरमा आएकी माया कार्कीले सदरमुकाम तथा सेवा कार्यालय पुगेर औषधी ल्याउनुपर्ने समस्या हटेकोको गाउँपालिकालाई धन्यबाद दिइन् । शिविर मालिका गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो ।
केहि दिन अघि पनि मालिका गाउँपालिका २ को दर्लिङ्गमा पनि पशुस्वास्थ्य शिविर सम्पन्न भएको गाउँपालिकाका पशु सेवा कार्यालय संयोजक झविन्द्रध्वज जिसीले बताए ।
दर्लिङ्गमा भएको शिविरमा गाउँपालिकाका वडा नं १, २ र ३ वडाका १ सय ४० जना कृषकले शिविरबाट प्रत्यक्ष सेवा लिएका छन् । शिविरमा ३ सय भेडा बाख्रा, एक सय ६० भैसी, एक सय २५ बंगुर र ३ सय कुखुरालाई औषधी वितरण गरिएको थियो ।
सोमबार घमिरमा भएको शिविरमा मालिका गाउँपालिका ७ का वडा अध्यक्ष बेद प्रसाद पन्थी, वडा नं ५ का वडा अध्यक्ष श्यामलाल गिरी तथा वडा नं ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरी लगायतको उपस्थिती रहेको घमिरबाट चन्द्रमा लम्सालले यो खबर पठाउनुभएको छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend