logo
  • आइतबार, असोज ११ २०८३

१० जिल्लामा धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा हुँदै, हिन्दू जागरणका विभागहरु तोकीए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची माघ १४ ।
नेपालको मौलिक धर्म संस्कार र संस्कृति प्रति आक्रमण भैरहेको र राजनैतिक बेवास्ता तथा सरकारी टावर बाट मौलिक धर्म संस्कारको संरक्षणको लागि ठोस पहल नहुनु र धर्म निरपेक्षताको आडमा गाँउ सहरमा पर्याप्त रुपले धर्म परिवर्तन भैरहेको देखेर केहि देश र धर्म प्रेमी युवाहरुको जमातले हिन्दू जागरण नेपाल गठन गरेको केहि वर्षमै बिश्वब्यापी रुपमा आफ्नो प्रभाव जमाउदै जनचेतनाको अभिवृद्धि गर्दै लगेको छ । धर्म परवर्तन बिरुद्ध हिन्दू जागरण नेपाल सक्रिय भएर लागेको लामो समय भएको छ । बहुसंख्यक नेपालीले लोकतान्त्रिक पद्धति अनुसार हिन्दू रास्ट्र हुनु पर्छ भनेर सुझाव दिंदा समेत राजनैतिक नेतृत्वले बिदेशीको गुलामी गर्दै अलोकतान्त्रिक गतिविधिलाई समर्थन जनाउदै धर्म निरपेक्ष घोषणा गरेर लोकतन्त्र र बहुमतीय प्रणालीको खिल्ली उडाएका छन् । तर जनताको आक्रोश किन सेलाउथ्यो र ? जनताको आक्रोशलाई संकलन गर्ने काम हिन्दू जागरण नेपालले यहि पौष २७ गते देखि २९ गते सम्म लमही दाङमा हजारौं व्यक्तिको उपस्थितिमा ३ दिने राष्टिय भेला सम्पन्न गरेको थियो ।

त्यसै कार्यलाई निरन्तरता दिने क्रममा हिन्दू जागरण नेपालको दोश्रो बैठक काठमान्डौको टेक्सास कलेजमा गत १३ गते सनिबार सम्पन्न भएको छ । मौलिकताको संरक्षण नगरी देशको समग्र बिकाश हुँदैन , क्रान्तिकारिताको नाममा आफ्नु अस्तित्व मेटाउन खोज्नेलाई छोड्नु हुँदैन भन्ने भवनाका साथ विभिन्न समिति र बिभाग गठन गरेको छ ।

जसमा अनुशासन समितिको संयोजक तथा बैदेशिक विभाग निरीक्षकमा उमा ढकाल विदेश बिभाग प्रमुखमा रामगोपाल भण्डारी महिला विभागमा रुपा ओली शिक्षा तथा प्रशिक्षण विभाग संयोजक पुष्पराज बोलखे संगठन तथा सुदृढिकरणको संयोजक हरिशरण पाण्डे सूचना तथा संचार विभागको संयोजक दिपेन्द्र श्रेष्ठ गौ संरक्षण बिभाग बाँके शमशेर बहादुर परियार जन सम्पर्क बिभाग संयोजक तारा बस्नेत अर्थ बिभाग संयोजक मुकुन्द नेपाल बिद्यार्थी बिभाग को संयोजक जगन्नाथ सुबेदी हिन्दू जागरणको प्रवक्ता तथा युवा बिभाग संयोजक मा राघव उपाध्याय रहनु भएको छ ।

हिन्दू जागरण को केन्द्रीय सदस्यहरु २२ जिल्ला बाट आज सहभागी हुनुहुन्थ्यो ।
आगामी ३ महिना भित्र १० ओटा जिल्लाका बिभिन्न क्षेत्रलाई धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा गर्दै यो वर्ष भित्र ४० ओटा जिल्लाका बिभिन्न क्षेत्रलाइ धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा गर्ने तयारी रहेको छ ।

१० जिल्लामा धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा हुने तयारी समेत दु्रत गतिले अगाडि बढेको अध्यक्ष रामकृष्ण उपाध्यायले बताउनुभएको छ । यसरी नै आगामी ३ वर्ष भित्र देशको अधिकतम जिल्लालाइ धर्म परिवर्तनको आतंक बाट मुक्ति दिलाई देशलाई हिन्दू रास्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ ।

हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय भन्नु हुन्छ, यहा केवल जनताले मात्र धर्म परिवर्तन गरेका र गराइएका छैनन् यहा नेतृत्व तह देखि कर्मचारी तह सम्मका व्यक्तिले धर्म अर्थात दायित्वलाई परिवर्तन गरेर देशलाई संकटमा पारेका छन् । हालको संघीय प्रणालीले देशको बिकाश भन्दा पनि राजनैतिक कार्यकर्तालाई मात्र पाल्ने मेलो गरेको र यस बाट जनता सुखी नहुने कुरा सुनिस्चित छ ।

पंचायत प्रणाली र हालको संघीय प्रणालीमा खासै अन्तर नरहेको र केवल नाम मात्र फेरिएको छ । पंचायती ब्यबस्थामा भएको तानाशाही प्रवृत्ति हालको संरचनामा पनि स्पस्ट देख्न पाइन्छ ।त्यसैले नेतृत्व तह देखि नै भएको यो धर्म परिवर्तनरुपी डढेलो लाइ निरस्त पार्न हिन्दू जागरणले आफ्नु सशक्त भूमिका खेल्नु पर्ने आबश्यकता महसूस हुदै गएको छ । अनियन्त्रित राजनीतिलाई नियन्त्रित शक्तिको रुपमा लैजाने प्रयास हिन्दू जागरणको रहनेछ ।

आजको बैठकमा उपस्थित सबै केन्द्रिय सदस्यहरु उत्साहित देखिनु हुन्थ्यो । र छिट्टै नै हरेक जिल्लामा सो स्थानका धार्मिक संघ संस्था सामाजिक संस्था संग सामुहिक कार्यगत एकता गरि बिशाल आमसभा गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

बिभिन्न स्थानमा खुलेर नै धर्म परिवर्तन विरुद्धका बिबिध गतिबिधिलार्इ संचालन गरेर धर्म परिवर्तन द्वारा आफ्नो राजनैतिक अभिस्ट पूरा गराउने षडयन्त्रको बिरुद्ध हिन्दू जागरण नेपाल आक्रामक रुपमा लागिपरेको छ । धर्म परवर्तन बिरुद्ध हिन्दू जागरण नेपाल सक्रिय भएर लागेको लामो समय भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend