साझा नेटवर्क
दोहा ।
“सबल र समृद्द जिल्ला निर्माणमाप्रवासीको योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भने मुल नाराका साथ स्थापनार्थ कतारमा रहेका तनहुबासिहरुको साझा सस्था तनहुं सेवा समाज दोहा कतारद्वारा बिगत केहि वर्ष देखि चलाउदै आएको न्यानो कार्यक्रम अंतर्गत बृदाआश्रमको सहयोगार्थ राखिएको भाग्यशाली चिट्ठाको नतिजा हिजो २६ जनवरी शुक्रबारका दिन बारुवा अल बराहाको १ सभाहलमा बाक्लो तनहुबासीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष केश गुर्माछन् मगरको सभापतित्वमा सुरु भएको नतिजा प्रकासन कार्यक्रममा सस्थाको पुर्ब अध्यक्ष धन बहादुर परिवार प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशेस अथितिमा सल्लहाकार प्रमुख रेशम तामांग र सल्लाहाकारदोयहरु क्रमस नबराज बि क, तोयानाथ पौडेल र बलराम गैरेज्यु को उपस्थिति रहेको थियो ।
सस्थाका बरिस्ठ उपाध्यक्ष नारायण ढुंगानाको स्वागत मन्तब्य मार्फत उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई सहजीकरण सस्थाका महासचिब पदम गिरीले गर्नुभएको थियो । कार्यक्रमलाइ अझ सार्बजनिक गर्न सकियोस भनेर सस्थाको आधिकारिक फेसबुक पेजबाट नतिजा प्रकासनको लाइभ ब्रोकास्ट पनि गिरएको थियो।
भाग्यसाली चिट्ठाको माध्यममार्फत संकलित रकम केहि दिन भित्रैमा जिल्लामा रहेको देबघाट र दमौलीको ब्रिदाश्रममा न्यानो बलान्केट प्रदान गरिने सस्थाको महासचिब पदम गिरिले बताउनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तब्य दिनेक्रममा उपाध्यक्ष नारायण ढुंगानाले हालै स्थगित भएको बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम २०१८ निर्धारित समयमा सम्पन्न गर्न नसक्नुको कारणहरुका बारेमा प्रस्ट पार्नुभयो र आवस्यक प्रकिर्या पुरा गरि केहि समयको लागि स्थगित गरिएको कार्यक्रमको मिति निर्धारण गरि अर्को सुचना सार्बजनिक गरिने बताउनुभएको थियो।
मन्तब्यकै क्रमममा बिशेस अथितिहरुले तनहुँ सेवा समाजको बर्सेनि गरिने न्यानो कार्यक्रमको प्रसंसा गर्नुभयोको थियो र दोहामा स्थापित सामाजिक सस्थाहरुको बिचमा तनहुँ सेवा समाजले यस कार्यक्रम मार्फत एउटा छुट्टैपहिचान बनाउन सफल भएको प्रस्ट्याउनु भएको थियो।
कार्यक्रमका प्रमुख अथिति धन बहादुर परियारले अहिले दोहामा रहेका नेपालि समुदायहरुको अधिकतम कार्यक्रमहरु स्थगित गरिएका र नेपालि नियोगबाटै कुनै पनि कार्यक्रम गरिदा पुरा गर्नुपर्ने निउनतम प्रक्रियाहरुको बारेमा निर्देसनपछी केहि कार्यक्रमहरु असर परेको र अब गरिने कार्यक्रमहरु यहाको नीति नियम र प्रकिर्या पुरा गरि मात्र गर्नाका लागि सुझाब दिनु भएको थियो।
उपस्थिति सबैलाई धन्यबाद दिदै र पुरस्कार बिजेताहरु सबैलाई बधाई दिदै कार्यक्रमका सभापति केश गुर्माछन् मगरले कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम समापनपछी आयोजकले उपस्थितीहरु सबैका लागि चियापान को व्यवस्था गरेको थियो।
भाग्याशालि चिट्ठाका बिजेताहरु निम्नानुसार छन् ।
प्रथम पुरस्कार – १० ग्राम सुन (कुपन नम्बर ०१७८ – कमल थापा)
दोस्रो पुरस्कार – HP ल्यापट (कुपन नम्बर १४२२ – युवराज)
तेस्रो पुरस्कार – I Phone 5S (कुपन नम्बर १३६१ – जलाल)
चौथो पुरस्कार – 32’’ LED (कुपन नम्बर ९७१ – निखिल तामांग)
पाचौ पुरस्कार – हाते घडी (कुपन नम्बर १०४५ – दिनेश घिमिरे)
पाचौ पुरस्कार – हाते घडी (कुपन नम्बर ९५३ – उमा रानाभाट)
पाचौ पुरस्कार – हाते घडी (कुपन नम्बर ७५१ – याकुम दिन मियाँ)
पाचौ पुरस्कार – हाते घडी (कुपन नम्बर १६५ – सुनराज घलान)
पाचौ पुरस्कार – हाते घडी (कुपन नम्बर ९८८ – नन्द बहादुर कार्की)
समाजले यस भन्दा पहिले भुक्म्प पीडित, बाढी पहिरो पीडित एबम कतारमा दु:ख पाएका तनहुँवासी तथा गैर तनहुँवासीलाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend