logo
  • शनिबार, साउन ९ २०८३

सात महिनामा १५ करोड राजस्व सङ्कलन, ३ अर्व खर्च


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ १४ ।
गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो सात महिनामा चालु र पुँजिगत गरी कुल ४५.३६ प्रतिशत रकम खर्च भएको छ । असारदेखि पुस महिनासम्म चालु र पुजीँगत गरी जम्मा ३ अर्व १६ करोड १८ लाख ९२ हजार चार सय १७ रुपैँया ५८ पैसा रकम खर्च भएको छ ।

जसमध्ये चालुतर्फ ५७ प्रतिशत र पुँजीगततर्फ ३३.७७ प्रतिशत रकम खर्च भएको छ । जिल्लाका १२ स्थानिय तह र विभिन्न कार्यलयमा चालुतर्फ हालसम्म प्राप्त पाँच अर्व एक करोड ४२ लाख १५ हजार आठ सय ९७ रुपैँया ८१ पैसा मध्ये दुई अर्व ९० करोड ३१ लाख ५५ हजार दुई सय ८६ रुपैँया एक पैसा खर्च भएको छ ।

त्यस्तै पुजीँगत तर्फ जिल्लाका स्थानिय तह बाहेकका ३६ कार्यलयहरुमा हालसम्म प्राप्त रकम ९७ करोड ८७ लाख ४७ हजार चार सय हो । जसमध्ये ३३ करोड पाँच लाख २५ हजार छ सय दुई रकम मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यलयका प्रमुख शशिन्द्र खातिले जानकारी दिए ।

यो आर्थिक वर्षमा गुल्मीमा सबैभन्दा धेरै रकम जिल्ला शिक्षा कार्यलयमा भएपनि खर्च गर्न सकेको छैन । चालुतर्फ जिल्ला शिक्षा कार्यलयलाई परेको २५ करोड ५२ लाख ८३ हजार २ सय २९ मध्ये ६ करोड ३१ लाख ३० हजार ८ सय ९९ रुपँैया मात्र खर्च गरेको छ । तर पुँजीगततर्फ भने कार्यलयले धेरै खर्च गरेको छ ।

पुँजीगत तर्फ परेको २ करोड ५६ लाख ८३ हजारमध्ये उसले २ करोड १ लाख ५७ हजार ६ सय ६५ खर्च गरिसकेको छ । जिल्ला समन्वय समितिको भने चालु र पुँजीगत दुवै शिर्षकमा रकम अन्यत्न्त न्यून खर्चेको देखिन्छ । समितिमा चालुतर्फको बजेट १७ करोड ६७ लाख ५० हजारमध्ये ६ करोड ७६ लाख ३६ हजार ८ सय ५१ रुपँैया ७० पैसा मात्र खर्च गर्न सकेको छ ।

पुँजीगत तर्फको कुल १७ करोड ५६ लाख ६० हजारमध्ये पनि ५ करोड ६८ लाख ३३ हजार ७ सय ४३ रुपैया ६१ पैसा मात्र खर्च भएको छ । जिल्ला समन्वय समिति र जिल्ला शिक्षा कार्यलय जिल्लाकै ठूलो रकम पर्नेमध्येका कार्यलय भएपनि रकम भने एकदमै कम खर्चने कार्यलय भएका छन् ।

जिल्ला युवा समितीको कार्यलयले भने साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा एक रुपैँया पनि बजेट खर्च नगरेको पाइएको छ । जिल्ला युवा समितिको चालुतर्फको कुल २३ लाख ९४ हजार मध्ये पुस महिनामा मात्र ५ लाख ४३ हजार ५ सय मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यलयले जनाएको छ ।

तम्घास सिमलटारी प्युठान सडक आयोजनाको कुल चालुतर्फको बजेट ७२ लाख ८१ हजार हो । जसमध्ये ३० लाख ६९ हजार चार सय ९३ रुपँैया ७० पैसा खर्च भएको कोष तथा लेखा नियन्त्र प्रमुख खातीले बताए । त्यस्तै कुल पुँजीगत बजेट ४८ करोड ७ लाख २१ हजारमध्ये सडक कार्यलयले २० करोड ७४ लाख २० हजार ७ सय १८ रुपँैया खर्च गरिसकेको छ ।

गुल्मीमा सबैभन्दा धेरै पुजीँगततर्फको बजेट पाउने कार्यलय पनि तम्घास सिमलटारी सडक कार्यलय हो । खर्चको हिसाबले पनि सडक कार्यलयले अन्य कार्यलयले भन्दा बढी गरेको छ । तर खानेपानी तथा सरसफाई जिभिजन कार्यलयले हाससम्म पनि पुजँीगततर्फको बजेट ८ करोड ८२ लाख ९८ हजारमध्ये हालसम्म एक पैसापनि खर्च गर्न सकेको छैन ।

गुल्मीमा आर्थिक बर्ष २०७४÷७५ को असारयता १५ करोड ५१ लाख ३४ लाख सात सय ९१ रुपैँया ३५ पैसा राजस्व संकलन भएको छ । जिल्लामा भित्रिएका कुल खाद्यान्न सामाग्री, निर्यातित सामाग्री, सरकारी सेवा–सुविधासहित १२ स्थानिय तहले गरेको वित्तिय प्रगतीमा सो राजस्व संकलन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend