logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा मितेरी समाज गठन, अध्यक्षमा तिमिल्सिना


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
सामाजिक सेवा प्रति बफादार रहेको प्रबासी संगठन मितेरी समाज शाखा कतार गठन भएको छ । मितेरी समाजलाई बिश्व संजाल संस्थाको रुपमा विस्तार गर्ने अभियानमा जुट्नु भएका समाजसेवी व्यक्तित्व प्रेम रिजालको विशेष पहलमा मितेरी समाज कतार गठन भएको हो ।जनवरी १२ तारिखका दिन मितेरी समाजका अभियन्ता प्रेमराज रिजालको सभापतित्वमा बसेको भेलाले मितेरी समाज कतारको अध्यक्षमा लक्ष्मीप्रसाद तिमल्सिना सर्व-सहमतिमा चयन गरेको थियो । नेपाली आँगन रेस्टुरेन्टको सभा हलमा आयोजित पहिलो भेलाले १३ जनाको कार्य समिति चयन गरेको छ ।

उपाध्यक्ष चेत प्रसाद सिद्गेल, सचिव चुडामणि आचार्य, सह-सचिव रुप नारायण नेपाली, कोषाध्यक्ष विष्णु प्रसाद देवकोटा, सह-कोषाध्यक्ष झलक बहादुर क्षेत्री र सदस्यहरु मुकुन्द सुबेदी, मोति बहादुर क्षेत्री, धनसिंग गुरुङ, लक्ष्मी हमाल, सुरेश रिजाल, नारायण बस्तकोटी रहेका छन ।

समाजको संस्थापक संरक्षकमा प्रेमराज रिजाल रहेका छन् । त्यस्तै प्रकाश गिरि, गौतम रिजाल, विजय कुमार मगर गरी ३ जनाको सल्लाहकार समिति रहेको छ ।

नत कुनै जाति विशेष, नत कुनै क्षेत्र वा जिल्ला विशेष, न कुनै राजनितिक विशेष, सवै अट्ने र नितान्त सामाज सेवाको उद्देश्य बोकेको मितेरी समाजलाई विश्वभरी फैलाउने अभियानमा रहेको संरक्षक रिजालले साझा नेटवर्कलाई जानकारी दिए ।

रिजाल यस अघि युएईमा बस्दा उनकै पहलमा मितेरी समाज युएइ गठन भएको थियो । र मितेरी समाज युएईको संस्थापक तथा संरक्षक भएर लामो समय युएइमा रहेका थिए । यस संस्थालाई विभिन्न देशमा बिस्तार गर्नको लागि रिजालले विशेष पहल गरिरहेका छन् ।


प्रकाशित मिति : १३ माघ २०७४

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend