logo
  • शनिबार, भाद्र २० २०८३

एकता समाजको अलखोर इकाई समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राम प्रसाद पराजुली, कतार ।
मिति २६-०१-२०१८ का दिन कतार नेपाली एकता समाज अलखोर एरिया समिति अन्तर्गत ए इकाई समिति आज निर्माण भएको छ । ११ सदस्यीय पुर्ण र ३ सल्लाहकार गरि जम्मा १४ सदस्यीय इकाई समितिको निर्माण गरिएको हो । उक्त समिति निर्माण गर्न प्रमुख अतिथि केन्द्रिय समितिको तर्फबाट केन्द्रिय सदस्य कमरेड राम प्रसाद पराजुली र बिशिस्ट अतिथि अलखोर एरिया समितिका कोषाध्यक्ष धर्मजित विश्वकर्मा उपस्थित थिए ।

गठित समितिमा निम्न पदाधिकारी रहेका छन, अध्यक्ष प्रदिप ओढारी–पाँचथर,
उपाध्यक्ष बिजय सुनार – बाग्लुङ, सचिब कमल घर्ती-बाग्लुङ, कोषाध्यक्ष तिलक भण्डारी–बाग्लुङ त्यस्तै सदस्यहरु सन्तोश सुनार–बाग्लुङ, कुल बहादुर खत्री–बाग्लुङ, तोप बहादुर कुवर-बाग्लुङ, रेम राज गुरुङ्-स्याङ्जा, मधु नेपाली-दाङ, जेम लान तामाङ-बाग्लुङ्र, नर बहादुर नेमाङ लिम्बु-पाँचथर त्यसैगरी सलाहकारमा नर बहादुर बुढा-बर्दिया, करण तामाङ्-बाग्लुङ धर्मजित बिक-बाग्लुङ रहेका छन ।

साथै नव निर्वाचित सम्पूर्ण समितिका पदाधिकारीहरुलाई कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमाकान्त पुनले बधाई तथा शुभकामना सन्देश पठाइ शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend