साझा नेटवर्क
साझा नेटवर्क ।
परदेशमा रहेर पनि घरदेसको कला, साहित्य र संगीतको उत्थानमा सकृय रहने नेपालीहरु केही मात्रामा भेटिने गर्छन् । यसैबिच जापान जस्तो ब्यस्त देशमा रहेर ब्यस्तताको बाबजुत पनि अनिल भुसाल, अनिल कुमार निर्दोष, बिमल जि यम, मखन श्रीस, मिस टाइगर, रन्जु घले लगायतको समुहले “कोही लुकेर” बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।
शालिक सापकोटाको शब्द, संगीत र हेमन्त शिशिरको आवाजमा रहेको उक्त गीतको भिडियो जापानको सेन्दाइ स्थित बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ, जापान बिशेष दृष्य देख्न पाइने भिडियोलाई अनिल भुसालले छायांकन र निर्देशन गरेका छन ।
सारीरिक र मानसिक रुपमा फरक क्षमता भएका मानिसहरुमा पनि साधारण मान्छेमा जस्तै मन र रहर हुन्छन भन्ने बिषय प्रस्तुत गरिएको उक्त भिडियोमा अनिल भुसाल, अनिलकुमार निर्दोस, बिमल जि यम, मखन श्रीस, मिस टाइगर, रन्जु घले लगायतको अभिनय रहेको छ ।
रेमन क्रियसनको यू ट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई अनिलकुमार निर्दोसले इडिटिङ गरेका छन । यो समुह ले यस अगाडि पनि “यो शहर हो” बोलको गीतको भिडियो र “दिव्य दृष्टि” सर्ट मूभी पनि सार्वजनिक गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend