logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँचीकी कलाकार जलजलाको मृगौलामा समस्या


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रामप्रसाद पराजुली, कतार ।
नेपाली ताराबाट आफुलाई चिनाउन सफल होनहार अर्घाखाँची जिल्लाकी प्रतिभाशाली नवगायीका जलजला परियारको दुवै मिर्गौलामा समस्या देखा परेको छ । उनलाई अहिले काठमाडौं स्थित टिचिंग अस्पतालमा भर्ना गरी उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । बाबा नारायण परियार र आमा जुना परियारको कोखबाट जन्मिएकी जलजलाले बुवाको चाहना इच्छा र सपनालाई साकार पार्ने उदेश्यले लागेकी जलजला सानै उमेरमा नेपाली म्युजिक क्षेत्रमा संभावना बोकेकी बाटोमुनिको फुल टु फिल्मको गित केही कदम तिमी सङै हिड्ने मन छ लगायत धेरै सुगम संगीतमा आफ्नो सुमधुर आवाज दिई सकेकी छिन ।

अहिले मृत्युसँग लडिरहेकी उनि बुबा नारायण परियारको साँगीतिक रुचीबाट प्रभावित भएर यो क्षेत्रमा लागेको आफन्त तथा कलाकार सुनितामी परियारले जानाकारी दिइन ।

उनको अस्वस्थताको खबरसँगै देश विदेशमा रहेका अर्घाखाँची बासी तथा नेपाली साँगीतिक क्षेत्र दुखि बनेको छ । उनको उपचारका लागि विभिन्न सामाजिक सन्जाल तथा गायक गायिकाहरु लगायत समाजिक ब्यक्तित्वहरुले अपील गरेका छन् ।

साथै यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गरिएको छ ।


सहयोगका लागि:

Global IME बैंकको खाता नम्बर: (3507010003576) ३५०७०१०००३५७६
खतावालाको नाम – नारायण बहादुर दर्जि
फाेन – (जलजलाको बुबा) ९८४३६०३००५
बिन्दु परियार थापा- ९८४१५८३२६४

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend