logo
  • शनिबार, भाद्र २० २०८३

जनसम्पर्क समिति कतारको मेलमिलाप दिवस सम्पन्न, केन्द्रीय नेता लेखक र शर्माद्वारा प्रशिक्षण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मो. अजिज अलि, दोहा ।
नेपाली जनसम्पर्क समिति कतारले ४२औ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गत १९ जनवरी शुक्रबारका दिन भब्य रुपमा सम्पन्न गरेको छ । पुर्वमन्त्रि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक प्रमुख अतिथि र कांग्रेस पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माको बिशिष्ठ आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुतावास कतारका दित्तीय सचिव हरि अर्याल बिशेष अतिथि रहेका थिए । कार्यक्रमको सभापतित्व समितिका कावा सभापति शंकर न्यौपाने र संचालन महामन्त्री अजिज अलिले गरेका थिए ।

पार्टी प्रबक्ता विश्व प्रकाश शर्मा द्वारा पहिलो चरणमा कार्यकर्तालाइ प्रशिक्षण दिईएको थियो प्रशिक्षणमा अर्का नेता रमेश लेखकले सम्बोधन गरेका थिए । पछिल्लो चुनावमा कांग्रेसको पराजय बर्तमान राजनीतिक अवस्था र कार्यकर्ताले खेल्नु पर्ने भूमिका सम्बन्धि प्रशिक्षणमा २०० जना कांग्रेसीजनहरुको सहभागिता रहेको थियो ।

दोश्रो चरणको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रमेश लेखकले बीपीको मेलमिलापको नीति कांग्रेसको लागि मात्र नभई राष्ट्रकै लागि अपरिहार्य थियो त्यसैले यो दिवस राष्ट्रिय दिवसका रुपमा सबैले मनाउनु पर्ने बताए लेखकले चुनाव लोकतान्त्रिक प्रक्रिया भएकाले हारजित सामान्य हो कांग्रेसले आफु हारेर पनि राष्ट्रको मुद्धा जिताएको छ ।

यो चुनावी हारलाइ फेरी जितमा परिणत गर्न कांग्रेसले आन्तरिक रुपमा सुधार गरेर लैजानु पर्ने बताएका थिए । मन्तब्यकै क्रममा आफु श्रममन्त्रि हुदा कतार संग गरेको श्रम सम्झौताको स्मरण गर्दै श्रम गर्दा गर्नु पर्ने जीवन बिमाको पनि सुरुवात गरेको र पुन १० बर्ष पछी श्रमिकहरुकै बिषयमा कतारका श्रममन्त्रि संग भेटघाटको कार्यक्रम रहेको जानकारी गराएका थिए ।

कार्यक्रमको भोलि पल्ट भएको भेटघाटमा नेपाल कतार बिचको सम्बन्ध अझ प्रगाड बनाउने नेपाली श्रमिकको हित र दक्ष कामदार थप्ने बारेमा समेत कुरा कानी भएको थियो । विशिष्ठ अतिथि विश्वप्रकाश शर्माले आफु भर्खरै पार्टी प्रवक्तामा नियुक्त भए लगत्तै पहिलो भ्रमण साढे चार लाख नेपाली दाजुभाईहरु रहेको कतारको हुनेछ भनेको थिए ।

यो अवसर जुटाउने जनसम्पर्क समितिलाइ धन्यबाद छ भन्दै देशको बिकाशका लागि राजा गणतन्त्र संघियता बाधक हुदैनन त्यसका लागि राजतन्त्र भएको मुलुक संघिय गणतन्त्र भएका मुलुकको उदाहरण दिदै हाम्रो नेपालमा राजा, पार्टी र नेताहरुको दम्भ बिकासको बाधक भएको हो भन्दै अब हामीले त्यो दम्भ नत्यागे सम्म देशको मुहार फेरिने छैन भन्दै अहिले सम्म ४० लाख प्रवासीहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ ।

देशको लागि त्यत्रो योगदान गर्ने नेपाली दाजुभाईहरु नेपालका शान हुन् त्यसैले देशको शिर उच्च राख्ने सबै प्रवासमा रहेका नेपालीलाइ सम्मान व्यक्त गरेका थिए ।

समितिका संस्थापक सभापति एवं महासमिति सदस्य नरेन्द्र भाट संस्थापक प्रमुख सल्लाहकार महासमिति सदस्य बद्रि पाण्डे निवर्तमान सभापति महासमिति सदस्य बिमल सुवेदी, लगायत संस्थापक कोषाध्यक्ष भूपति भट्टराइ, महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ, संस्थापक महामन्त्री युवराज पाठक, सल्लाहकारहरु अर्जुन खड्का, मो शाकिर अलि, राज रेग्मी लगायत बैचारिक सङ्गठनहरु प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, जनप्रगतिशील मंचका अधिवेशन समिति संयोजक रकमध्वज राइ, तराइ मधेश प्रवासी मंचका अध्यक्ष हुसैन खान, नेपाली एकता समाजका सचिव खिम बुढामगर, अन्तराष्ट्रिय नेपाली समाज नयाशक्तिका संयोजक देव परियार, एनआरएन आइसिसि अनरी मेम्बरहरु आइसिसि सदस्यहरु एन्सिसिसका अध्यक्ष नबिन पोख्रेल, पत्रकार महासंघका अध्यक्ष करिम बक्स मिया, अनेसासका अध्यक्ष श्यामराज रानाभाट बिशेष अतिथि रहेका थिए ।

दोहामा स्थापित सामाजिक संघसंस्था बुद्धिजीवी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । सहमहामन्त्री केदार भुषालको स्वागत मन्तब्य संगै राष्ट्रिय गान दिप प्रज्वलन र मौन धारण गरि उद्घाटन गरिएको कार्यक्रममा अतिथिहरुलाई नेपालको राष्ट्रिय झन्डा अंकित ब्याच पनि वितरण गरिएको थियो ।

गित र नृत्य सहितका सांस्कृतिक प्रस्तुति समेटिएको उक्त कार्यक्रममा बिपी जयन्तीमा रक्तदान गर्नेहरु र कलाकारहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो भने एनआरएनए को आइसीसी र एन्सिसिमा निर्वाचित मनोनितहरुलाई बधाई पत्र सहित सम्मान गरिएको थियो ।

महामानव बिपी कोइराला विसं २०३३ मा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर भारत प्रवासबाट लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य लगायतका नेताहरू सहित स्वदेश फर्कनुभएको दिन पुस १६ गतेको स्मरण गर्दै कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गर्दछ ।

सोहि दिवसको अवसर पारेर जनसम्पर्क समितिले हरेक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउदै आइरहेको हो । कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक प्रमुख सल्लाहकार बद्रि पाण्डे सबै बैचारिक संस्थाका प्रमुखहरु एनआरएनए आइसीसी का अनरी काउन्शील मेम्बर कमलमणि गुरागाई एन्सिसि अध्यक्ष नबिन पोख्रेल लगायतले शुभकामना मन्त्यब्य दिएका थिए ।

बिहान १० बजे देखि चलेको कार्यक्रम दिउसो १ बजे दिवाभोज सहित बेलुका ७ बजे सम्पन्न भएको थियो कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रमका सभापति शंकर न्यौपानेले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend