logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा सेवाग्राहीसँग वाणिज्य बैंकको ५३औं वार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी माघ १०।
राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय गुल्मीले ५२ औं वर्ष पुरा गरेको अवसरमा कर्मचारी र सेवाग्रहीबीच शुभकामना आदानप्रदान गरेको छ । स्थापनासँगै बैकले ५३ औं वर्ष प्रबेशको अवसरमा बुधवार सदरमुकाम तम्घास स्थित आफ्नै कार्यालयमा शुभकामना आदान प्रदान गरेको हो । बैकले कर्मचारी र सेवाग्राहीबीच राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बैंकले दिएको सेवाहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ बढी सेवासहित काम गर्नुपर्ने बताए ।सरकारी बैंकले सरकारी कामसँगै जनताका कामहरुमा निकै महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष पाण्डेयले बताए । कर्मचारी र सेवाग्रहीहरुसँग शुभकामना दिँदै बैकमा शाखा प्रमुख हरिप्रसाद पाण्डेयले गुल्मी जिल्लामा यस बैंकको स्थापनाले धेरै सेवाग्रारी लाभाम्वित भएको बताए ।

राष्ट्रिय बाणिज्य बैंकको गुल्मी शाखा २०२३ साल जेष्ठ २९ गते स्थापना भएको थियो । सरकारी बैंक भएकाले सेवा दिने सवालमा कुनै कमी नराखिएको प्रमुख पाण्डेयले बताए ।

‘हामीले जनताको सेवा दिनको निम्ति अधिकतम छिटो छरितो तरिकाले दिने उदेश्यले सेवा प्रदान गरेका छौ, प्रमुख पाण्डेयले भने, ‘आगामी दिनमा अझ बढी सुधार गरेर अघि बढ्नेछौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend