साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी माघ ८ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा रहेको अनुरोध युवा क्लवले विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगका लागि देश तथा विदेशबाट करिब २ लाख आर्थिक सहयोग सङ्कलन गरेको छ ।
मुसिकोट नगरपालिका १ अरेवामा रहेको क्लवले “संगठित युवा नै समाज परिवर्तनका संम्वाहक हुन” भन्ने नारा सहित सञ्चालन गरेको आर्थिक अभियानको ४ दिनमै १ लाख,९२ हजार रकम संकलन भएको सोहि अभियानका संयोजक शक्तिराज घिमिरेले साझा नेटवर्कलाई जानकारी दिए ।
संयोजक घिमिरेले भन्छन: सफलता पाउन हातखुट्टा होइन विचार बलियो हुनुपर्छ भन्दै क्लवले पछिल्लो समयमा सोही वडाभित्र रहेका प्राथमिक तहमा रहेका विद्यालयहरुका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्रीहरु सहयोग उपलब्ध गराउने लक्ष्य लिएको छ ।
सोहि अनुरुप स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका स्थानीय युवाहरुबाट आर्थिक सहयोग जुटाएर शैक्षिक क्षेत्रबाट समुदायमा रचनात्मक कार्यको शुरुवात गरिएको बताए । क्लवले यहि माघ २६ देखि फाल्गुन १ गतेसम्म आफ्नो स्थापनाको १८ औ वार्षिक उत्सव मनाउन गइरहेको छ ।
उत्सवका अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, रेर्कड डान्स प्रतियोगिता, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा राष्ट्रिय स्तरका कलाकारको विजोड सास्कृतिक प्रस्तुतीसँगै घैटोफोर, म्युजिकल चियर रेस लगायतका विविध कार्यक्रमहरु आयोजना गरेको दिपक खरेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend