logo
  • शनिबार, भाद्र २० २०८३

दुर्गम गाउँमा वर्थिङ सेन्टर सञ्चालनमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी माघ ८ ।
गुल्मीको लिम्घामा वर्थिङ सेन्टरको सुभारम्व भएको छ । वर्थिङ सेन्टरको लिम्घामा एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ । सत्यवति गाउपालिकाको वडा नम्बर ४ स्थित लिम्घामा स्वास्थ्य चौकीले वर्थिङ सेन्टर संचालनमा आएसँगै लिम्घा बासिलाई प्रसुति गराउनको लागि जुहाङ खैरेनी जानुपर्ने बाध्यताको अन्त्य भएको छ । सुरक्षित प्रसुतिकै अभावमा अकालमा महिलाहरूको ज्यान जाने प्रथाको अन्त्य गर्न गाउँमै बर्थिङ सेन्टरको स्थापना गरिएको लिम्घा स्वास्थ्य चौकिका इन्चार्ज नारायण खनालले बताए । कार्यक्रमको अवसरमा लिम्घा स्वास्थ्य चौकि भवन निर्माणको लागि जग्गा तथा नगद प्रदान गर्ने ब्यक्ति तथा संघ सस्थाँलाई पनि सम्मान गरिएको थियो ।

स्वास्थ्य चौकि निर्माणका लागि १ रोपनी जग्गा प्रदान गर्ने सत्यवति ४ का लिलादेवी पल्ली, स्वास्थ्यचौकि निर्माणका लागि नगद १ लाख २० हजार प्रदान गर्ने लिम्घाकै होम बहादुर पल्लीलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

त्यस्तै १५ हजार प्रदान गर्ने नर बहादुर थापा, कृष्ण शाही, १४ हजार प्रदान गर्ने मन बहादुर पल्ली, ओम बहादुर पल्ली, ३५ हजार बराबरको फर्निचर उपलब्ध गराउने लिम्घेली युवा क्लव र १० हजार ५ सय बराबरको फर्निचर का सामाग्री उपलब्ध गराउने प्रगतिशिल युवा क्लवलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रमकै अवसरमा होम पल्लीले स्वास्थ सस्थाँमा नयाँ प्रयोशाला स्थापनाको लागि चाहिने औजारहरूको ब्यवस्थापन गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका सुमन शर्मा, जनस्वास्थ्य कार्यलयकै तथ्याङ्क सहायक अस्मिता दुर्गाम, जुहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा सुदर्शन गौतम, सत्यति गाँउपालिका स्वास्थ्य प्रमुख सूर्य बहादुर थापाले लिम्घा वर्थिङ सेन्टर सञ्चालनमा आउनु यसभेगका जनतालाई सुखद छेड रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend