logo
  • आइतबार, असोज ११ २०८३

मध्यरातमा लागेको आगोले करिब ३२ लाख क्षती


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिश शर्मा गैरे, गुल्मी माघ ७  ।
वामीमा गयराती आगलागी हुँदा लाखौको क्षती भएको छ ।मुसिकोट नगरपालिका ७ वामी स्थित कृष्णहरी सापकोटा आँखा अस्पताल अगाडी रहेको क्षेत्र बहादुर रायमाझीको घरमा राती करिब १ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट सो घरमा फेन्सी ब्यबसाय गरीरहनुभएका सौकात अलीको पसलका सबै लत्ता कपडा र नगदहरु जलेर नष्ट भएका छन । आगो बिजुलीको तार सर्ट भएर लागेको प्रहरी चौकी वामीमा हवल्दार सोम प्रसाद पाठकले जानकारी दिए । आगलागीबाट करिब ३२ लाख बराबरको सामानहरु जलेर नष्ट भएको ब्यबसायी अलीको भनाइ रहेको छ । करिब ३ घण्टाको स्थानीय बासिन्दा र प्रहरीको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो ।आगोलागी हुने समयमा पसलधनी अलीकी छोरी मात्र घरमा थिइन् । अली दम्पती भने गल्कोटको हटिया गएका थिए ।लामो समयदेखी गल्कोटको हटियामा ब्यबसाय सञ्चालन गरीरहका अली दम्पतीले शाखा पसलको रुपमा वामीमा ब्यबसाय सुरु गरेका थिए । तर पसल खोलेको एक बर्ष नहुँदै ठुलै क्षती ब्यहोर्नु परेको छ ।

मध्यराती सो घर धनी रायमाझीले केही पडकेको आवाज सुनेपछि बाहिर निस्कदा पसलमा आगो बलीरहेको देखेपछि घरभित्रका अन्य सदस्यहरुलाइ खबर गरेका थिए ।जसले गर्दा कुनै मानविय क्षती भने हुन पाएन् । आगो करिब साढे ३ बजेको समयमा नियन्त्रणमा आएको थियो ।

मानिसहरुको चाँप तथा ब्यबसाय गर्नेहरु संख्या बिस्तारै बढ्द्र जाँदा यस्ता घटनाहरुको समाधानको लागि वामीमा अब दमकलको आबश्यकता महसुस गरीएको छ । स्मरण रहोस गत २०७३ सालको कार्तिक १७ गते राती ११ बजेको समयमा पनि वामी टार निवासी टोपनारायण शाक्यको पसलमा आगलागी भएको थियो । सो आगलागीबाट करिब २५ लाख बराबरको क्षती भएको थियो ।

 


प्रकाशित मिति : ७ माघ २०७४ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend