logo
  • शनिबार, साउन ३० २०८३

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार साँझ” मनाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रिता लामिछाने, दुबई ।
बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होछार सांस्कृतिक सांझ” गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरु को समेत जोड्दार प्रस्तुति रहनुका साथै सांस्कृतिक झल्कने अन्य झांकी प्रदर्शन पनि हुने आयोजकले हिमालय अनलाइन मिडियालाई जानकारी दिएका छन ।

युएईको देरा-दुबईमा अबस्थित काल्टन टावर होटलमा आयोजना हुन लागेको सोनाम ल्होसार कार्यक्रम २ फेब्रुअरी शुक्रबारका दिन दिउसो २ बजे देखि बेलुकी ९:३०बजे सम्म हुने छ। कार्यक्रमको सम्पुर्ण तयारी पूरा भै सकेको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपालले जानकारी दिएका छन।

सम्पुर्ण युएईमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन युएईमा रहेका नेपाली व्यापारीहरु, बुद्धिजिबि तथा समाजसेवीहरु, पत्रकारहरु, कलाकार एबं सुभ चिन्तकहरु सबैमा कार्यक्रम संयोजक शम्सेर योन्जनले अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend