साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाली काग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले देश विकाश हुन नसक्नु राजनिती दलमा भएको दम्भ नै मुख्य कारण रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति कतारले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा शर्माले दलहरु विच एकता भए मुलुकमा विकास असम्भव नरहेको बताएका हुन् ।
शर्माले नयाँ संविधानलाई कार्यान्वयन गर्दै लामो संक्रमणकालको अन्त्य गराउन सफल नेतृत्व गरेर लोकतन्त्र र देशलाई जिताउन कांग्रेसलाई रुपान्तरण गरेर अघि बढनुपर्ने बताए । कार्यक्रमा पुर्वमन्त्री तथा काग्रेसका प्रभावशाली नेता रमेश लेखकले काग्रेसले मात्रै नेपालको रुप परिर्वतन गर्न सक्ने दावी गरे ।
निर्वाचनमा पराजय भोग्दैमा काग्रेस आफ्नो जिम्मेवारीबाट पछि नहटेको जानकारी दिदै कतारमा श्रम सम्झौता आफुले नै गरेको बताए । रेमिटेन्सबाट मुलुकको अर्थतन्त्र धानिएको स्मरण गर्दै लगानीको वातावरण काग्रेसले बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका सभापति समितिका कावा अध्यक्ष शंकर न्यौपानेले नव नियूक्त पार्टीका प्रवक्ता शर्मालाई बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दै बिपीको समाजवादलाई समय अनुकुल परिमार्जजन गर्दै अगाडी बढनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सल्लाहकार शिव लम्साल, समितिका संस्थापक बद्री पाण्डे, महाधिवेशन प्रतिनिधि शान्ति तिवारी एन आर एनए अध्यक्ष नविन पोखरेल समितिका महामन्त्री मो. अजिज अलि, केदार भुषाल लगायतले शुभकामना दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend