logo
  • आइतबार, असोज ११ २०८३

पीडित मनिषा, महेश र मनिरामलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, बुटवल माघ ७ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वाड न. १ ठाटीनेटा मोरेङ्गका ३ जना नाबालक मनिषा, महेश र मनिराम पोखरेललाई खाद्यान्न लत्ताकपडा कापी कलम लगायत केही आर्थिक रकम जनप्रतिनिधि बाला कृष्ण आचार्य पीडितका हजुरबुवा यम नारायणको रोहवरमा हस्तान्तरण गरिएको छ ।बुबा यम नारायण तथा वडा अध्यक्ष बाल कृष्ण आचार्यको रोहवरमा खाद्यान्न तथा लत्ताकपडा पीडित मनिषा, महेश र मनिराम पोख्रेललाई अर्घाखाँची सेवा समाज कतारका महासचिव टेक राज थापा समाजसेवी क्रान्ति सिंह तथा पुर्व कोषाध्यक्ष राज कुमार श्रेष्ठले पीडितका घरमा नै पुगेर हस्तान्तरण गरेका छन् ।पोख्रेल परिबारको घर स्थित कम्जोर रहेको हुदा ४ बर्ष अघि कान्छा छोरा भविस्वर सुरुमा रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा ७/८ महिनापछी उनको मृत्यु भएको र एक बर्षपछि ७३ सालको दशैमा पीडितको आमाले ती नाबालकलाई बिचल्ली बनाई अन्यत्र गएको बताए ।पीडितका हजुर बुवाको भनाई अनुसार तीनभाई छोरा रहेका जेठा छोराका दुई छोरा-छोरी रहेको भारतमा कार्यरत रहेका उनकी जेठि छोरीको किड्निको समस्या रहेको बताए ।

बच्चाहरुको बिचल्ली देखेर जनप्रतिनिधि बाला कृष्ण आचार्यको पहलमा देश विदेशमा रहेका समाज सेवी व्यक्तित्वहरुलाई सहयोगको लागि आह्वानको गरेको बताए । अहिले यहि बालबालिकाहरुले निरन्तर पठन पाठन र एक सरो लुगाफाटो लगाउन पाएका छन उनले भने ।

विदेशमा कार्यरत तथा स्थापित सामाजिक संघ सस्थाको र केही स्थानीय सहयोगी ब्याक्तित्वहरुको सहयोगमा उक्त पिडित बालबालिकाहरुको भिडियो बनाई सामाजिक संजाल मार्फत सम्प्रेषण गरिएको देखेर समाज सेवी तथा गुल्मी सेवा समाज कतारका अध्यक्षको संयोजकत्वमा केही आर्थिक रकम संकलन गरि अर्घाखाँची सेवा समाजका महासचिव टेक राज थापालाई हस्तान्तरणको लागि जिम्मा दिएका थिए ।

पिडित बालबालिका तथा हजुरबुवाले सम्पुर्ण सहयोगी हातहरुलाई हृदय देखि नै धन्यवाद प्रकट गरे । यहाँहरुको सहयोगले नै यिनीहरुको एकसरो लुगाफाटो र स्कुल जाने वातावरण सृजना भएको छ ।

 


प्रकाशित मिति : ७ माघ २०७४ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend