logo
  • शनिबार, भाद्र २० २०८३

युवा समाजसेवी कृष्ण बरालको “हजारौ चोट” विमोचन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल/साझा नेटवर्क, कतार ।
लमजुंङ् जिल्लाको नाम लिनु पर्दा नेपालि साँगितिक जगतमा मात्र नभई हरेक क्षेत्रमा योगदान दिएको बिरता बोकेको जिल्ला हो । सोहि जिल्लाका एक सुपुत्र तथा दोहा कतारको नेपाली समुदाय तथा गृह जिल्लामा समेत समाजसेबिको परिचय बनाएका कृष्ण बरालको सांगीतिक एल्बम “हजार चोट”को एक भब्य कार्यक्रमका बिच बिमोचन गरिएको छ ।शुक्रबार साँझ सल्वा रोड स्थित ग्रिन रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा बिमोचन गरिएको उक्त कार्यक्रमलाइ स्वयं बरालले सभापतित्व गरेका थिए भने चर्चित सञ्चारकर्मी नरेश भट्टराई प्रमुख अतिथि रहेका थिए ।
बिशेष अतिथिहरुमा नेपाली चलचित्र जगतका चिरपरिचित कलाकार मनोज केसी, बसन्त फिल्मस् प्रालिका म्यानेजिङ् डाइरेक्टर ईश्वर काफ्ले, बुम रेमिट कम्पनी कतारका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त, सिमानामा काडेतार अभियानका गल्फ संयोजक सुशील खड्का, ब्यबसायी तथा समाजसेबी कृष्ण भट्टराई लगायतका रहेका थिए भने बिभिन्न जिल्ला संघ संगठन प्रमुख तथा पत्रकार लगायतका व्यक्तिहरु अतिथि रहेका थिए । ब्यानर अनाबरण, दिप प्रज्वलन तथा राष्ट्रगान संगै अघि बढेको उक्त कार्यक्रमलाई रित कुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । उक्त एल्बममा रहेको म्युजिक भिडियोलाई प्रोजेक्टर मार्फत स्क्रिनमा देखाइएको थियो । म्युजिक नेपालको युट्युब च्यानल मार्फत केही दिनमा डिजिटल बजारमा आउने तयारीमा रहेको उक्त एल्बममा स्वर रित कुमार श्रेष्ठ, शब्द स्वयं गायक तथा श्यामराज रानाभाटको रहेको छ । भिडियोको निर्देशन मनोज केसीले गरेका हुन । गीतमा कृष्ण बराल, रित कुमार श्रेष्ठ, मालती घले र अस्मिता शाहानीले अभिनय गरेका छन ।

भिडियो निर्माणका क्रममा भएका तितामिठा पलहरुको स्मरण गर्दै निर्देशक केसीले नेपाली सांगीतीक फाँटमा नया कलाकार,निर्माता लगायतलाई निचोर्न खोज्ने रोगले बिकृतिको रुप लिएको भन्दै जो कोहि पनि नयाँ व्यक्तिको लागि आफुले सक्ने सहयोग कुनै पनि समयमा गर्ने र बुझेर मात्र यो क्षेत्रमा आउँन अनुरोध गर्दै “हजार चोट” एल्बम आफनो कृएशन भएको हुदा माया गरिदिन हुन आग्रह गरे ।

शुभकामना मन्तव्यको क्रममा बसन्त फिल्मसका प्रबन्ध निर्देशक काफ्लेले मितेरी फिल्मस् साँस्कृतिक समूह दोहा कतारको सहयात्रा तथा बसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा बजारमा आउने उक्त गीतको हिस्सा बन्न पाउदा आफु अत्यन्त हर्षित भएको कुरा बताउदै उक्त गीतको बजार ब्यबस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भट्टराइले बरालको मन गित सङ्गीत र समाजसेवामा अझै बढी लागोस भन्दै एल्बमको सफलताको सुभकामना व्यक्त्त गरेका थिए । सिताराम थापाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति तथा गीतका मोडेल समेत रहेका बरालले आफनो लागि यो गित जिबनको अविस्मरणीय पलसंग जोडिएको भन्दै उपस्थित सबैलाई धन्यबाद सहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend