साझा नेटवर्क
हुमाकान्त पाखेरेल, गुल्मी माघ ६ ।
गुल्मी उद्योग वाणिज्य संघले आर्थिक बर्ष २०७३/०७४ को आयब्यय विवरण सार्वजनिक गरेको छ । शनिबार सदरमुकाम तम्घासमा आयोजित सस्थाँको २६ औँ साधारण सभाको अवसरमा २७ लाख ९४ हजार छ सय ४६ रुपैँया बराबरको आयब्यय सार्वजनिक गरिएको छ ।
जसमध्ये आयतर्फ सबैभन्दा धेरै शाइन रेसुङ्गा बैंकको बैंक मौज्दातबाट सात लाख ७८ हजार पाचँ सय १४ र सबभन्दा कम बैंक अफ काठमाडौबाट एक हजार एक सय रहेको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकको बैंक मोज्दातबाट एक लाख ५३ हजार नौ सय ८८ रुपैँया ५० पैसा, सदस्यता नविकरणबापत ३३ हजार चार सय, आजिवन सदस्यता शुल्कबाट ४० हजार, साधारण सदस्यता शुल्कबाट ३० हजार आम्दानी भएको छ ।
त्यस्तै आयकर सेवा शुल्कबापत चार लाख ३१ हजार सात सय, महोत्सवबाट ५० हजार, मुद्धति बैंक ब्याजबाट चार लाख ६४ हजार चार सय ८० रुपैँया ४५ पैसा तथा अन्य शिर्षकमा ११ हजार सात सय लगायतका शिर्षकमा उद्योग बाणिज्य संघलाई आम्दानी भएको छ । भने खर्चतर्फ सबैभन्दा धेरै १४ लाख २७ हजार पाचँ सय र सबैभन्दा कम छपाई खर्चमा तिन हजार चार सय ८० रहेको छ ।
तलब भत्ताबापत पाचँ लाख आठ हजार एक सय, हुलाक तथा संचार महशुलमा ४५ हजार सात सय ८३, आर्थिक सहयोग तथा चन्दाबापत दुई लाख १८ हजार दुई सय ५६, नविकरण शुल्कबापत ३६ हजार ८ सय ६, दैनिक भ्रमण खर्चबापत ५२ हजार एक सय ४३ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गुल्मी उद्योग बाणिज्य संघको बचतमध्ये सबैभन्दा धेरै शाइन रेसुङ्गा बैंकमा ८९ हजार एक सय ६१ रुपैँया ९० पैसा रहेको छ ।
त्यस्तै राष्ट्रिय बाणिज्य बैंकमा ५३ हजार सात सय ३८, बैंक अफ काठमाडौमा ११ हजार र नगद मौज्दात तिन हजार तिन सय ३५ रहेको उद्योग वाणिज्य संघका कोषाध्यक्ष दुर्गाचन्द्र बोहोराले जानकारी दिए । शनिबार सदरमुकाम तम्घासमा आयोजित वाणिज्य संघको २६ औं साधारण सभामा कोषाध्यक्ष बोहोराले सो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा आर्थिक बर्ष २०७४÷०७५ को लागि वाणिज्य संघले २२ लाख ९२ हजार दुई सय ९९ रुपैँया बराबरको अनुमानित बजेट समेत पेश गरिएको छ । जसमध्ये सबैभन्दा धेरै सेवा शुल्कबापत १० लाख २० हजारको रकम अनुमान गरिएको छ ।
शाइन रेसुङ्गा बैंकको बैंक मौज्दातबापत ८९ हजार एक सय ६१, सदस्यता नविकरण शुल्कबापत ३१ हजार ८ सय, सटर भाडाबापत ३ लाख ९६ हजार तथा ब्याज आम्दानी २० हजार लगायतका शिर्षकमा बजेटको अनुमान गरिएको कोषाध्यक्ष बोहोराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खर्चतर्फ कर्मचारीलाई तलबको लागि पाचँ लाख ३० हजार सात सय, विद्युत र पानी महसुलको ३१ हजार, हुलाक तथा संचारबापत ३६ हजार, अतिथि सत्कारमा ७५ हजारको अनुमानित खर्च विवरण साधारण सभामा पेश गरिएको छ । त्यस्तै कृषि तथा पर्यटन ब्यवसाय प्रवद्धनमा १ लाख ५० हजार, दैनिक भ्रमण खर्चमा ४५ हजार, लेखा तालिम खर्च ५० हजार, यातायात खर्चमा ८५ हजार, विविध खर्चमा २३ हजार सात सय १४ गरी विभिन्न २० शिर्षकमा अनुमानित खर्चको विवरण पेश गरिएको छ ।
आर्थिक बर्ष ०७४/०७४ को अनुमानित बचत रक मभने ३८ लाख ८५ हजार पाचँ सय ७९ रुपैँया राखिएको कोषाध्यक्ष बोहोराले जानकारी दिए ।
साधारण सभामा संघका महासचिव ताराप्रसाद भुसालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघमा प्राप्त भएको रकम विभिन्न शिर्षकमा खर्च गर्दै आएको सचिव भुसालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
२०६८ सालको प्रथम गुल्मी महोत्सबाट उठेको रकमबाट ३० प्रतिशत तम्घासको फोहोरमैला ब्यवस्थापन, ०७१ सालको दोस्रो महोत्वसबाट उठेको रकममध्येको ४० प्रतिशत सामाजिक क्षेत्र र ६० प्रतिशत संघको सभाहल निर्माणमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितिको सहयोगमा रेसुङ्गा पोखरी परिसरमा पौराणिक २७ धाराको निर्माण, वाणिज्य संघका शाखा कार्यलयलाई एक÷एक लाख अनुदान, महेन्द्र माविमा सोलार जडान लगायतका क्षेत्रमा खर्च गरिएकोे छ ।
गुल्मी जिल्लामा हालसम्म उद्योगा वाणिज्य संघका ५ वटा शाखाहरु रहेका छन् । वामीटक्सार, बलेटक्सार, रिडी, शान्तिपुर र मजुवामा यसका शाखा कार्यलय स्थापना गरिएको छ । संघमा हालसम्म १ सय ८३ जना आजीवन र ३ सय ८५ जना साधारण सदस्य गरी कुल ५ सय ४१ सदस्य रहेका छन् ।
समग्र गुल्मी जिल्लाको विकासको लागि वाणिज्य संघले २०६८ सालदेखि प्रत्येक ३÷३ बर्षमा गुल्मी महोत्सव गर्दै आएको छ । यस बर्ष पनि तेस्रो गुल्मी महोत्सव यहि चैत १६ गतेदेखि २५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । यस बर्षको महोत्सवको नारा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकाश, शिक्षा, स्वास्थ्य र पर्यटनमा आधारीत ब्यापारको विकास’ तय गरिएको छ ।
यसलाई सम्पन्न गर्नको लागि २६ वटा उपसमितिहरु पनि गठन गरिसकिएको संघले जनाएको छ । २६ औ साधारण सभामा प्रमुख जिल्ला अधिकारी, विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थिति विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रतिनिधि, विभिन्न उद्योगि तथा ब्यापारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्ब ५ का अध्यक्ष गुणानीधी तिवारीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ प्रदेश ‘क’ का सांसद सुदर्शन बराल र अर्का पोलिटब्युरो सदस्य तथा क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सासद दिनेश पन्थीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको अध्यक्षता, उपाध्यक्ष श्रीप्रसाद भलामीको स्वागत मन्तब्य तथा महासचिव भुसालको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend