logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा मावि स्तरिय फुटवल प्रतियोगीता शुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी माघ ४ ।
गुल्मीको सदरमुकाम तम्घासमा मावि स्तरिय फुटवल प्रतियोगीता शुरु भएको छ । ४ माघेबाट ८ गतेसम्म संचालन हुने प्रतियोगीतामा नौ बिद्यालयले सहभागीता जनाएका छन् । आउँदा चैतमा हुने तेस्रोे गुल्मी महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले फोर्टिन स्टार युवा क्लवको आयोजनामा फुटवल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष प्रकाश बुढाथोकीले बताए ।क्लवले सातौं वार्षिकोत्सवको अवसरमा माध्यमिक तहका विद्यार्थीहरुलाई फुटवल खेलप्रति रुचि जगाउँन र त्यसको संरक्षण तथा संम्बद्र्धन गर्न प्रतियोगिता संचालन गरेको बुढाथोकीले बताए । खेलको बिहिबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले उद्घाट गरे ।आज पहिलो खेल सत्यमावि हँसरा र आर्दश बिद्या आश्रम तम्घासबिच भएको थियो । जसमा सत्यवति मावि हँसराले ३–२ गोल अन्तरले आर्दश बिद्या आश्रमलाई पराजित गरेको छ । शुक्रबार पहिलो खेल महेन्द्र नमुना मावि र रेसुंगा मावि, दोस्रो सत्यवति मावि र रिर्डश बोर्डिङ्ग स्कुलबिच प्रतिस्प्रर्धा हुने क्लवमा उपाध्यक्ष नारायण आचार्यले बताए ।

प्रतियोगीताका लागि गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुल, अर्जुन आवासिय मावि, महेन्द्र मावि, सिद्धबाबा मावि, सत्यवती मावि, रिर्डश बोर्डिङ्ग स्कुल, ब्रिलियण्ट युनाइटेड एकेडेमी, आर्दश बिद्या आश्रम र रेसुंगा माविले समुह दर्ता गराएका छन् ।

प्रतियोगितामा बिजेताले ३० हजार र उपबिजेताले २० हजार नगद सहित टर्फि र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend