logo
  • शुक्रबार, असोज ९ २०८३

मंसिर गयो, माघ लाग्यो मायाले “कुरो बुझ्या खोई”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली ।
एस एल सी मा दुई बिषयमा अनुतीर्ण भएमा “पुरक परिक्षा” अर्थात फेरि दुई बिषय परिक्षा दिन पाईन्थ्यो हाम्रो पालामा, ठ्याक्कै त्यस्तै पुरक नै लागु हुन्छ बिहेको एसएलसी दिने जोडीहरुलाई मंसिर र माघमा । मंसिरमा लगन गाँठो कस्न नपाएका र बिछोडिएका जोडीहरु लाई “पुरक” बनेर माघ लागेपछि धेरै जोडीका हश्राशु बगे होलान र मंसिरमा छुटेपनि माघमा मिलाईदेउ हे.. बाग्लुड्ग कालिका भन्दै परेवा भाक्दै होलान तर लोक दोहोरी क्षेत्रका युगल जोडी टिका सुबेदी र टिका पौडेलले भने मँसिर गयो, माघ लाग्यो “मायाले कुरो बुझ्या खोई” भन्दै हुनुन्छ त्यो पनि नौसागर पारि दक्षिण कोरिया बाट ।

गायक टिका पौडेल त अबिवाहित थिए गायिका पुर्णकला विसी तिर मन ढल्न पनि सक्छ तर बिवाहित टिका सुबेदीलाई चाँहि किन आउन पर्यो माघ ? किन बुझेन कसैले सुबेदी को कुरा ? के सुबेदी पनि पन्चे बाजा कै सुरसारमा छन त ? हामी सत्य तथ्य पत्ता लगाएका छौ ।

हो… टिका सुबेदी पनि पन्चै बाजाकै सुरसारमा रहेछन र त्यहि पन्चे बाजामा मोडेल दिपक गिरीको लगनगाँठो पनि नव मोडेल श्रृष्टी क्षेत्रीसँग जोडिदिएछन टिका द्वयले । रियल बिहेकै झल्को दिनेगरि काठमाण्डौ को अलिसान घरमा बिहे को पन्चे बाजामा चर्चित मोडल दुर्गेस थापा र मोडल अन्जली अधिकारी पनि कम्मर मर्काउदा पो थाहा भयो ।

यो “रियल” होईन “रिल” हो, प्रसंग छ टि एण्ड टी मिडियाको ब्यानरमा बनेको यथार्थ पन्चेबाजा एल्वम “मायाले कुरो बुझ्या खोई”को । नवराज प्रसाद अर्याल र टिका सुबेदीको निर्माणमा तयार एल्वमको शब्द वरिष्ठ गायक बैकुण्ठ महत अनि लय उदयमान गायक टिका पौडेलको रहेको छ । कमल सौरागको ऐरेन्ज रहेको एल्वममा टिका पौडेल र चर्चित गायिका पुर्णकला बिसीले स्वर भरेका छन ।

लाग्दै गरेको माघमा हाम्रो बिहे पनि गरौ भन्ने आसयले हुन सक्छ मायाले अव कुरो बुझ.. बिहे गर्न ढिलो भयो भनेर मायालुलाई समाझाउदै छन मोडल दुर्गेश । कुमार केसीको निर्देशनमा बनेको बिसुद्दै पारिवारिक एल्वमलाई बासु बरालले खिचेका छन । बरदान डिजिटलले बजारमा ल्याएको एल्वमको सम्पादन दिपक बिष्टको रहेको छ भने मन्जुश्री फिलिम्सको पोष्ट प्रोडक्सन रहेको छ ।

बिगतमा भुँईचालोले भत्काएनि…, सत्य रामाराम, भैसी पालम्ला जस्ता जनजिभ्रोमा घुल्ने एल्वम दर्शक माझ ल्याएका टिका द्वयको यो प्रस्तुति दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षको छ । कोरियाको काम र घामसँग पौठेजोरी खेल्दै टिका द्वयले जुन गुन नेपाली लोक गित क्षेत्रलाई लगाएका छन त्यसको मुल्यांङ्कन नेपाली जनताले अवस्य गर्ने छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend