साझा नेटवर्क
राजन लामा, काठमाडौं माघ २ ।
पाथेका कन्चन बचत समूह दोहा कतारले नवौं अर्धबार्षिक भेला भव्यताका साथ सम्पन्न गरेको छ । सन् २०१८ जनवरी १२ तारिकको दिन समुहका अध्यक्ष मिलन राईको सभापतित्वमा मुवैरब टावर स्थित सम्पन्न उक्त भेलामा प्रमुख अथिति मेरुंग कृषि सहकारीका महासचिब किरण गिरी रहेका थिए ।
अथितीहरुमा युवा सक्रिय समाजसेवी लालकुमार राई , सफल व्यक्तित्व भलाकाजि राई , समुहका प्रमुख सल्लाहकार केदार बानिया , बरिस्ठ सल्लाहकार द्वय शिवकुमार राई , छत्रबहादुर भुजेल लगायत थुप्रै शुभचिन्तक दाजुभाई दिदीबहिनिहरुको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलनसंगै उत्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गीतले मुवैरब टावरको हल गुन्जेको थियो । समुहका सचिव जीवन गुरुङले संचालन गरेको उक्त कार्यक्रममा समुहका उपाध्यक्ष सत्य नारायण चौधरीले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा सम्पूर्ण अथितिहरु तथा प्रमुख अथितिले शुभकामना मन्तब्यमार्फत पाथेका कन्चन बचत समुहको उन्नति र प्रगतिको कामना गरेका थिए ।
उक्त कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष छुट्टीमा नेपाल गएको कारण अध्यक्ष मिलन राईले प्रस्तुत गरेका थिए भने प्रगति प्रतिवेदन समुहका सह-सचिव जीतबहादुर भारतीले प्रस्तुत गरेका थिए । सन् २०१८ जनवरी ५ तारिकको बोर्डको बैठकबाट नवनियुक्त द्वितीय उपाध्यक्ष सत्यनारायण चौधरीलाई भेलाले स्वागत तथा सम्मान गरेको थियो ।
समुहमा आवद्द भएको मिति देखि नियमित बचत गर्ने एक महिला र एक पुरुषलाई सम्मान गर्ने समुहको प्राबधान अनुसार महिलातर्फ स्याङ्जा पेलाकोट राम्चेकि वचत सदस्य मम माया कुन्वार र पुरुषतर्फ सुनसरी धरान-१५ का वचत सदस्य भिमबहादुर राईलाई प्रसंशा-पत्रले सम्मान गरिएको थियो , यसै भेलाबाट झापा बिर्तामोडका रोशन मैनाली, मोरंग लेटांगका मिनकुमार राई र भारत बिहारका रजितकुमार सृभास्तिभा गरि ३ जना नयाँ थप बचत सदस्यहरु समावेश भएका थिए ।
समुहका अध्यक्ष मिलन राईले सस्थाको गतिबिधि र प्रगतिको चर्चा गर्दै कन्चन बचत समूह एउटा सिर्फ बचत समूहमात्रै नरहेर यसभित्र एउटा छुट्टै उद्दार कोष खडा गरि आपत बिपत र भै परी आउने थुप्रै समस्या समाधानमा भूमिका खेलेको उल्लेख गर्दै हाम्रो समूह साच्ची नै नाम जस्तै कन्चन, पबित्र पारदर्शिता रहेकोले आज ४३ जिल्लाका सदस्यहरु समावेश भएको र आगामी दिनमा ७५ जिल्लाका सदस्य समेटिने आशाका साथ सम्पूर्णमा बचत गर्न आब्हान गर्दै सम्पूर्णमा हार्दिक धन्यवादका साथ कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend