logo
  • आइतबार, असोज ११ २०८३

रेडियो सारथी आठौं वर्षमा प्रवेश, गाउँपालिकाको समेत स्वामित्व हुने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ माघ १ ।
बागलुङ जिल्लाको पश्चिम क्षेत्रकै पहिलो रेडियो, रेडियो सारथी १०७.४ मेघाहर्जको भवन शिलन्यास गरिएको छ । सातौं वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा भवन शिलन्यास गर्दै वडिगाड गाउँपालिका का अध्यक्ष मेयरसिंह पाइजाले रेडियोमा गाउँपालिकाको पनि स्वामित्व हुने गरि काम अघिवढाउने वताउनु भएको छ । अवको समाज सुचना प्रविधिको भएको भन्दै आम नागरिकलाई सुचनाको पहुँचमा पुर्याउन रेडियोले भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो। रेडियोको लागी गाउँपालिकाको निरन्तर सहयोग रहने भन्दै रेडियोको प्रगतिको कामना गर्नुभएको थियो। कार्यक्रममा रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजर विष्णु भुसालले रेडियोमा ३० जनाको लगानी भएपनि यो समाजकै भएको वताउनु भएको छ । रेडियो गैर नाफा मुलक संस्था भएको भन्दै सुचनाको पहुँच नपुग्ने समुदायमा सुचनाको पहुँच पुर्याउने माध्यम रेडियो भएकोले सहयोग गर्न सवैमा अपिल समेत गर्नुभएको छ। जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख समेत रहनुभएका भुसालले स्थानिय कला, संस्कृतिको जगेर्ना र संरक्षण गर्दै सुचनाको माध्यमवाट जनतालाई सुसुचित गर्ने अभियानमा सरिक हुन आग्रह गर्नुभएको छ । शेयर सदस्य, विज्ञापन दाता, कर्मचारी, श्रोता लगाएत सवै सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै भुसालले भवन छिटो सम्पन्न गरि रेडियोलाई स्थानान्तरण गर्ने वताउनु भएको छ। कार्यक्रम रेडियोका अध्यक्ष विष्णु भुसालको अध्यक्षता तथा संचालक समितिका सहसचिव एवं समचार प्रमुख कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो । हाल बागलुङ जिल्लाकै होंचो स्थान खर्वाङ बजारवाट संचालित रेडियोलाई केहि माथि दनिँयाको सारथी डाँडामा भवन निर्माण पछि सार्न लागिएको हो। नयाँ स्थानमा रेडियो स्थानान्तरण भएमा रेडियोको कभरेज वढ्ने वताईएको छ।

आठौं वर्षमा प्रवेश भएको रेडियो एफ.एम. व्याण्डमा १०७.४ मेघाहर्जमा १८ घण्टा तथा अनलाईन www.radiosarathi.com.np, मोवाइल एप्लिकेसन, हाम्रो पात्रो, डिजिटल नेपाल लगाएतका मिडियामा २४ सै घण्टा प्रशारण हुँदै आएको छ।

शान्ति, सम्वृद्धि र समुन्नत समाजको लागि रेडियो सारथी भन्ने मुल नारा रहेको रेडियोले विविध जनचेतनामुलक, सुचनात्मक तथा मनोरन्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend