साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ३० ।
बागलुङ जिल्लाको पश्चिमकै पहिलो रेडियो, रेडियो सारथी १०७.४ मेघाहर्जले भोली माघ १ गते सातौं वार्षिकोत्सव मनाउँदै छ । २०६७ साल माघ १ गते देखि परिक्षण प्रसारण सुरु गरेको रेडियोले सातौ वार्षिकोत्सवको अवसरमा आफ्नै भवनको शिलन्यास गर्न लागेको अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिनु भएको छ ।
वडिगाड गाउँपालिका का प्रमुख मेयरसिंह पाइजाले शिलन्यास गर्ने कार्यक्रम रहेको रेडियोले जनाएको छ। आठौं वर्षमा प्रवेश भएको रेडियो एफ.एम. व्याण्डमा १०७.४ मेघाहर्जमा १८ घण्टा तथा अनलाईन www.radiosarathi.com.np , मोवाइल एप्लिकेसन, हाम्रो पात्रो, डिजिटल नेपाल लगाएतका मिडियामा २४ सै घण्टा प्रशारण हुँदै आएको छ।
शान्ति, सम्वृद्धि र समुन्नत समाजको लागि रेडियो सारथी भन्ने मुल नारा रहेको रेडियोले विविध जनचेतनामुलक, सुचनात्मक तथा मनोरन्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ। सिलन्यास कार्यक्रम विहान ८ वजे वडिगाड गाउँपालिका वडा नं. २ को दनिया, सारथी डाँडाँमा हुने जनाइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend