साझा नेटवर्क
बिमल खड्का, बागलुङ पुष ३० ।
पौरखी मान्छेलाई खेती-पातीले कहिल्यै ठग्दैन भन्ने कुरा अहिले सावित भएको छ । त्यसैका उदाहरणका एक पात्र हुन स्थानीय तहको निर्वाचनबाट जनताले चुनेका बडीगाड गाउँपालिका अध्यक्ष मेहर सिंह पाईजा ।
किसानको छोरा गाउमै फलफूलबाट मनग्गे आम्दानी गर्दै थिए तर स्थानीय तहको चुनावीमा नेकपा एमाले जिल्ला सदस्य समेत रहेका उनले जनताको काम गर्ने अवसर पाए । बडीगाड गाउपालिका वडा ५ सिमाक घोरघारेमा २०२४ सालमा जन्मेका पाईजा २०३६ सालमा खुला रुपले राजनीतीमा आए ।
राजनैतिक उतार चढावका कारण विभिन्न आरोप, पन्चायत व्यवस्थाको बिरोध गरेको भन्दै २० दिन जेलमा पनि बिताए । संघर्षका बाबजुत तिनै पाईजा अहिले गाउँपालिकाको अध्यक्ष तथा एक सबल कृषकका रुपमा जिल्लामा चिर परिचित छन।
साधारण परिवारमा जन्मेका उनी गाउमै कृषि खेती गरि आर्थिक उपार्जन गर्नु पर्छ भन्ने मान्यता सहित २०५२ सालमा किवीको बेर्ना ल्याएर जिल्लामा किवि खेती सुरु गरेका व्यक्ति उनै हुन ।
घरमा जादा होस या घरको बाटो नजिकै जादा होस उनले लगाएको किविको बास्ना, सिताके च्याउ र मैरीले बाटो मै स्वागत गर्छन । गाउँपालिका अध्यक्ष भए देखि उनले गरेको किवी खेती, मौरी पालन र सिताके च्याउ लगाएत काममा लागि बुहारी र श्रीमतीले सघाएको बताउछन ।
सानै उमेर देखि कृषिमा रुचि राख्ने उनले घरमा जङ्गलको काठमा सीताके च्याउ रोपेका छन भने घरमा बाक्सै बाक्सा राखेर मौरी पालन गरेका छन । किवीबाट राम्रो आम्दानी गरेका अध्यक्ष पाईजा भन्छन, किवीको बिरुवा काठमाडौ तथा छिमेकी देश भारत बाट ल्याएर लगाएको हु ।
दुई किसिमको किवी लगाएको छु एउटा रातो हुने किवी पनि छ । बजारमा बढि मुल्यमा बित्रि हुने भनको भित्र रातो भएको किवी हो । यो खेतीबाट राम्रो आम्दानी पनि हुने भएकाले किसानहरुलाई किवी खेतीमा लागेमा आफुले पनि सहयोग गर्ने बताउँछन् ।अहिले उनले लगाएको किवी बागलुङ बजारमा लगेर बेचेका छन ।
प्रती किलो ८ देखि ९ सय सम्म बेचेको उनी बताउछन । उनले किवी सगै गरेको सीताके च्याउले मुटु रोगीहरु ब्लडप्रेसरका रोगीहरुलाई यो औषधी हुने भएकाले घरमै आएर लग्ने गरेका छन । आफु गाउँपालिका अध्यक्ष, छोरा तेक्वान्दो खेलाडी, बुहारी शिक्षिका भएपनि उनले गरेको खेतीले सबैको साथ पाएको छ ।
किवी खेती सीताके च्याउ तथा मौरी पालनले उनलाई चिनाउने मात्र नभई बेरोजगार रहेका युवाहरुलाई पनि कृषिमा आत्मनिर्भर बन्ने सकिने उर्जा दिएको छ । उनलाई कृषि तथा अन्य संघ संस्थाले सम्मान पनि गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend