logo
  • आइतबार, असोज ११ २०८३

कलाकार विना थापाको स्मृति कोष स्थापना अभियान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी पुष २९ ।
यहि पुस १२ गते काठमाण्डौमा सडक दुर्घटनामा परी मृत्यु भएकी कलाकार विना थापाका माध्यमिक तह सम्मका सहपाठीहरुले देश विदेश बाट उनको स्मृति कोष स्थापनाको अभियान छेडेका छन् ।

२०६१ सालमा मुसिकोट नगरपालिका वडा नम्वर ३ बडागाउँ मैदानको पृथ्वी माबिबाट कलाकार विना संगै एसएलसी परिक्षा दिएका धारापानीका योगप्रसाद रिजाल, हलोगाडेका सुमेन्द्रुिसंह ठकुरी ( शंकर ) ले बुटवलमा रहेको एनएमबि बैकमा संयुक्त खाता खोलेर यस्तो अभियान सुरु गरेका हुन ।

काठमाण्डौमा रहेकी स्वर्गिय विनाकी वालसखा वसन्ती रायमाझीले पनि आफुहरुले साथी विनाको स्मृति कोष स्थापनाका लागि अभियान छेडेको बताएकी छन् । यो अभियानलाई पृथ्वी माविका प्रधानध्यापक देखि शिक्षक, अभिभावक, वर्तमान र पुर्व विद्यार्थीहरुले पनि स्वागत गर्दै सक्रिय सहभागिता जनाएका छन्

पृथ्वी माबि मै विना थापा स्मृति कोष स्थापना गरी गरिव तथा जेहान्दार विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको विनाका सहपाठी सुमेन्द्रबहादुर सिंहले बताए ।

उनिहरुले सामाजिक सञ्जाल मार्फत यस्तो लेखेका छन्

हाम्री प्यारी साथी बिना थापाको सम्झनामा चलाइरहेका बिना थापा स्मृति अक्षयकोष निरन्तर चलिरहेको अवस्थामा कार्यान्वयन पक्ष जटिल बन्दै गइरहेको र यस अभियानलाई अगागिड बढाउन र सफल पार्नका लागि २०६१ सालको एस।एल।सी ब्याचले जिम्मा लिएको यहाँहरुलाई अवगत नै छ ।

यसै क्रममा यस अक्षयकोषमा संकलित रकम कसले जिम्मेवारी लिने र यो अभियानलाई कहिले सम्म सञ्चालन गर्ने भन्ने विषयमा हामी सम्पूर्ण साथिहरुले छलफल गर्नुपर्ने भएकाले आफ्नो राय सुझाव कमेन्ट बक्स मा राखिदिनुहुन अनुरोध गर्दछौँ । साथै उचित राय सुझाव अनुसार यो अभियानलाई अगाडि बढाइने जानकारी गराउँदछौँ ।

जानकारीका लागी हाल उठेको रकम बुटवलमा अवस्थीत म योग प्रसाद रिजाल र सुमेन्द्र सिंह ठकुरी ९शंकर० को संयुक्त खाता रहेको र बैंकमा जम्मा भएको रकमको जिम्मा उहाँहरुलेनै लिने र जजस्ले जस्को मार्फत रकम दिनभएको छ वा बोल्नु भएको छ उहाँहरुलेनै त्यसको जिम्मा लिई सम्बन्धीत बैंकको खाता नम्बरमा जम्मा गरिदिनुहुन जानकारी गराउँदछौँ ।

साथै यो अभियानको अन्तमा औपचारिक कार्यक्रमको आयोजना गरि पृथ्वी उच्च मा।वि। विद्यालय व्यवस्थापन समिति, वि।नि, मेयर, वार्ड अध्यक्ष, बुद्विजिवी, पत्रकारको रोहवरमा सम्पूर्ण सहयोगी साथीहरुको योजना, सल्लाह सुझाव अनुसार यो रकम हस्तान्तरण गरिने जानकारी पनी दिन चाहन्छौँ ।

अन्तमा यो अभियान कुनै राजनैतिक, जातिय, व्यक्तिगत स्वार्थ पुरा गर्नको लागी सञ्चालन गरेको अभियान नभएर पृथ्वी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा हासिल गरेकी सहयात्री स्व। बिना थापाको सम्झनामा चलाएको अभियान भएको स्वच्छ मनले यो अभियानलाई सहयोग गरि अगाडि बढाउनुहुन पुनः अनुरोध गर्दछौँ ।

खाता नं : एनंएमबि बैंक बुटवल संयुक्त खाता
योग प्रसाद रिजाल/सुमेन्द्र बहादुर सिंह ठकुरी
खाता नं : ०३३२१५००५९७०५००००००१

सम्पर्कको लागी

१. प्र अ चन्द पान्डे ९८४७१०५१४७
२. शिक्षक बोम बहादुर छन्त्याल ९८४७५७४७३५
३. कल्पना पन्थी तमघास ९८४७१८४८७९
४. विजया मल्ल तमघास ९८४७४९२२८५
५. सुमेन्द्र सिंह ठकुरी बुटवल ९८५११९२८४१÷९८४६११६९५७
६. प्रकाश घिमिरे काठमाण्डौ ९८६०८००८०९÷९८४७१६००९०
७. बसन्ती रायमाझी काठमाण्डौ ९८५७०३९५५२
८. प्रतिमा राना बाग्लुङ्ग ९८६१५८४०००
९. त्रिभुवन मल्ल भारत ९१९०९००८४२
१०. जीवन थापा जापान ०८०४९२२४४०२
११. सुमन जि.सि. कोरीया ८२०१०२१९७२९०४

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend