logo
  • आइतबार, असोज ११ २०८३

सहकारीको विकासले मात्रै सम्वृद्धि हासिल गर्न सकिने : जिसस उपप्रमुख


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ पुष २९ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले राज्यले तिन खम्वे अर्थ निति अवलम्बन गरेको र अवको सम्वृद्धि सहकारी मार्फत सम्भव हुने वताउनु भएको छ । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ, बागलुङको २१ औं साधारण सभाको उद्घाटन गर्दै भुसालले सो कुरा वताउनु भएको हो । भुसालले सहकारीलाई व्यावसाय र उत्पादनमा जोड्नु पर्ने भन्दै कर्जाको सदुपयोग गरि आम्दानी वढाउन सदस्यहरुलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा वडिगाड गाउँपलिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन, गल्कोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्वर श्रीस, नेकपा एमालेका कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका सुवेदार रत्न वहादुर क्षेत्रि, नेकपा माओवादी केन्द्रका ढालेन्द्र वन, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, सहकारीका सल्लाहकार संयोजक विष्णु प्रसाद खरेल, सारथी संचार सहकारीका सचिव कमल पौडेल, लालिगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वर थापा, त्रिभुवन मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, महिला जागरण केन्द्रका अध्यक्ष विना थापा, वडा सचिव गिता पौडेल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष होमनाथ अर्यालले प्रगती प्रतिवेदन, सचिव दुर्गा अर्यालले भावि कार्यक्रम, कोषाध्यक्ष खगिश्वर अर्यालले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य महलाल पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, सहसचिव प्रेम अर्यालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।साधारण सभाको अवसरमा सहकारीको शेयर सदस्य रहि स्थानिय तहको निर्वाचनमा निर्वाचित हुने जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, वडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन, गल्कोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्वर श्रीस, तथा वडिगाड वडा नं. १ र २ वाट निर्वाचित वडा सदस्यहरु, जेष्ठ सदस्यहरु, तथा कक्षा ११ तथा १२ को परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो।

त्यस्तै उत्कृष्ट अंक प्राप्त गर्ने विद्यालयको रुपमा त्रिभुवन मावि खर्वाङलाई पनि सम्मान गरिएको थियो। २०५४ सालमा स्थापना भएको यस सहकारीमा १३ सय ४ जना शेयर सदस्य रहेका छन् भने ४९१ जना वाल तथा वृद्ध सदस्य, अन्य १४७, संस्था २० गरि जम्मा २१८२ सदस्य ले सहकारीवाट सेवा लिइरहेका छन् । १ करोड ६३ लाख ७९ हजार ७ सय शेयर पुँजी रहेको सहकारीले १० करोड ५३ लाख १३ हजार ५ सय ४ रुपैयाको कारोवार गर्दै आएको छ ।

तत्कालिन समयमा केहि महिला दिदि वहिनीहरुको सहभागितामा सुरु भएको सहकारी यस क्षेत्रकै ठूलो र राम्रो सहकारीको रुपमा परिचित हुँदै आएको छ। सहकारीले वचत संगै विना धितो, धितो राखि, तथा सवारी साधनहरुको लागि पनि ऋण प्रवाह गर्दै आएको छ भने रेमिट्यान्स सेवा समेत दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend