साझा नेटवर्क
चोम बिस्ट/साझा नेटवर्क, रोल्पा पुष २८ ।
गायक तथा सञ्चारकर्मी अशोक वलि परिवर्तन र चर्चित गायिका राधिका हमालको आवाजमा सजिएको लोकदोहोरी गीत “संम्भव छैन हामी एक हुन बोलको गित सार्बजनिक भएको छ ।
उक्त गितमा अशोक वलि र राधिका हमालको स्वर रहेको छ भने अशोक वलि परिवर्तनको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ भने कृष्ण पुनको एरेन्जमा म्युजिक बैंक नेपालले रेकर्डिङ गरेको छ । त्यस्तै रोल्पाको पाखापानीमा निवासी अशोकले यसअघि ‘जीवन जिउन पिरती लाइन्छ’ र ‘देश कस्तो बनाउने हाम्रै हातमा छ’ बजारमा ल्याइसक्नु भएको छ ।
दोस्रो एल्बम गित सफलता पछि तेस्रो गित सम्भव छैन हामी एक हुन माया प्रेममा आधारित गित सबै माझ बजारमा आइसकेको छ भने उक्त गितको लोकार्पण रोल्पा लिवाङ मा एक कार्यक्रम बिच सार्वजनिक पनि गरिएको छ।
अशोक वली गायक मात्रै नभई चौतर्फी प्रतिभासाली ब्याक्तित्वको रूपमा चिरपरिचित हुनुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका सचिव समेत रहनुभएका अशोक वलि रेडियो जलजलाको प्रस्तोता तथा समाचार वाचक पनि हुनुहुन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend