logo
  • शनिबार, भाद्र २० २०८३

भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिजय कुमार मगर, कतार ।
मिति २०१८ जनवरी ५ तारीख शुक्रबार नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्व र नेपाल मगर साँस्कृतिक संघ काठमाडौंका केन्द्रिय सदस्य गायिका तारा श्रीस मगरको प्रमुख आतिथ्यमा दोहामा स्थित नेपाली आँगन रेस्टुरेन्टमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरुमा प्रवासी नेपाली संघ भारत केन्द्रिय सदस्य तथा कार्यलय सचीव, मदन भंडारी स्पोर्ट्स एकाडेमी इंडिया ईन्चार्ज साथै जिफन्ट भारतका सल्लाहकार दुर्गा बहादुर थापा मगर , मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर हुनुहुन्थ्यो। अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर , जनक थापा मगर, डि एन मगर, खिम राना मगर, लिलम चिदी मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर संघ शाखा कतार महिला बिभाग सदस्य रमा मगर, मगर साँस्कृतिक परिवार संयोजक भुपेन्द्र रिखाम मगर मानर्थ सदस्य टेक रसाइली नेपाल मगर संघ दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समिति अध्यक्ष श्याम पुलमी मगर , खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र क्षेत्री भुजेल सेवा समाज कतारका कोषाध्यक्ष सन्तोष भुजेल, मितेरी सिने युनिटका अध्यक्ष सलिम खान हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै स्वागत मन्तव्य संघका दितृय उपाध्यक्ष केशव घर्ती मगरले राखेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।

कार्यक्रममा नेपाली श्रमिक संघ कतारले आयोजना गरेका “प्रथम जिफन्ट धमाका-२०१८” कार्यक्रमका लागि नेपाल बाट आउनु भएका गायिका तारा श्रीस मगर र समाजसेवी तथा खेलाडी दुर्गा बहादुर थापा मगरलाई कार्यक्रम उपस्थित सम्पुर्णले खाद ओडाएका सम्मान गरेका थिए मगर संघ, कतारको तर्फबाट अध्यक्ष तथा कार्यक्रम सभापति शेर बहादुर रोका मगर, बिशेश अतिथि , अतिथिहरु बाट सम्मान पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै अतिथिहरु डि एन मगर, लिलम चिदी मगर, भिम तरामु मगर बिशेश अतिथी मगर संघ, कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले उहाँहरुको उज्ज्वल भबिस्यको कामना गर्दै कतार बसाइँ सुखद रहोस साथै उहाँहरुको नेपालका यात्रा सफलताको कामना गर्नु भयो। समाजसेवी तथा खेलाडी दुर्गा बहादुर थापा मगरले कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई धन्यवाद दिदै मगर संघ कतारले दिएको माया र सम्मानलाई सधै सम्झिरहने र आफू जहाँ रहे पनि आफुले सक्ने सहयोग मगर संघ, कतार लाई गरिरहने बताउनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय सदस्य तथा गायिका तारा श्रीस मगरले मगर संघ कतारले गरेको सम्मानका लागि धेरै धेरै धन्यवाद दिदै मगर संघ कतार संग भेटघाट गर्न पाउदा अत्यन्त खुशी रहेको र प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृती भेषभुषा र भाषालिपी लाई जोगाइ रहेकोमा मगर संघ कतार लाई धन्यवाद दिदै आफू मगर हुनामा गर्व लाग्ने बताउनु भयो साथै मगर संघ कतारलाइ गर्नु पर्ने सहयोगका निम्ति नेपाल मगर साँस्कृतिक संघ र आफू सधै तयार रहने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा बोल्नु हुँदै कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले नेपाल मगर साँस्कृतिक संघका सदस्य तथा गायिका तारा श्रीस मगर र समाजसेवी तथा खेलाडी दुर्गा बहादुर थापा मगर लाइ भेटघाट गर्न समय दिनु भएकोमा नेपाली श्रमिक संघ कतारलाई धन्यवाद दिदै उहाँहरुको उज्ज्वल भबिस्यको कामना गर्नुभयो। अन्त्यमा कार्यक्रम उपस्तिथ सम्पुर्णलाइ धन्यवाद दिदै कार्यक्रमलाई समापन गगर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend