logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको अर्जैमा ‘घरमा प्रसुती मुक्त वडा’ बनाउने अभियान शुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी पुष २४ ।
मालिका गाउँपालिका ६ अर्जैले ‘घरमा प्रसुती मुक्त वडा’ बनाउने अभियान थालेको छ । सोमबार वडा कार्यालयमा बसेको सरोकारवालाको बैठकले यो अभियानको शुरूवात गरेको हो । जसका लागि सबै सरोकारवालाले कशम (सफत) खाएका छन ।

गर्भवतिको घरमा हरियो झण्डा राख्ने

अभियानलाई पूर्णता दिन हरेक गर्भवतीको घरमा हरियो झण्डा राख्ने, बर्थिङ सेन्टरबाट टाढा भएका समुदायलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, यो अभियानलाई आम नागरिकसम्म पुराउन हेफरका महिला समूह, महिला स्वास्थ स्वयंसेविका, बिधालय, वडा कार्यालय र स्वास्थ्य संस्थाले सचेतता कक्षा संचालन गर्ने निर्णय भएको वडा सचीव गोकर्णराज पुरीले जानकारी दिए । मालिका गाउँपालिका ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिले घरमै बच्चा जन्माउँदा अपांग भएर राज्यको बर्षमा २ हजार खर्च भइरहेका बेला अहिले नै सचेत बनाउन सके भोलिको जोखिम कम गर्न सकिने बताए ।

त्यस्तै बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा राज्यले दिने एक हजार चार सय, गाउँपालिकाको पोषण भत्ता एक हजार र स्वास्थ संस्थाले न्यानो झोला बापत दिने एक हजार लगायतका सुबिधा धेरैसम्म पुराउन पनि अभियान आवश्यक परेको गिरिले बताए ।

स्वास्थ्य क्षेत्रमा झण्डै ३५ लाख खर्च गर्दै

मालिका गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा ३४ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेको छ । जसबाट सवै वडामा बर्थिङ्ग सेन्टर स्थापना गर्ने, अर्खबाङ्ग, ह्वाङ्गदी र अर्जेका बर्थिङ्ग सेन्टरको स्तर उन्नती गर्ने, महिला स्वयमसेविकालाई थप प्रोत्साहन भत्ता वितरण गर्ने, न्यानो झोला वितरण गर्ने ।

त्यस्तै बर्थिङ्ग सेन्टरमा बच्चा जन्माएमा आमा शिशु पोषण कार्यक्रम अन्तरगत एक हजार थप गरि २४ सय रुपैयाँ प्रदान गर्ने गाउँपालिकाको स्वास्थ्य योजना रहेको कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले बताए । १० लाख बराबरको औषधी खरिद तथा वितरण गर्ने कार्यक्रम पनि रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend