साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष २४ ।
बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीमा जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी सचालकलाई सचेतना अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा सोमवारपनि सदरमुकाम तम्घासमा सवारी चालक,सवारी धनी र आम सर्बसाधरणलाई सचेतना कार्यक्रम राखिएको गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङ्गले जानकारी दिए ।
ट्राफिक नियम जानौ र मानौ आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ अभियानका साथ सचेतना अभियान सुरु गरेको हो । सड्कमा तिब्र गतिमा सवारी चलाउँदा पर्न जाने समस्यासँगै वढ्दो दुर्घटना न्यूनिकरणलाई घटाउन भन्दै अभियान सुरुगरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक डोरबहादुर थापाले एकै दिन सदरमुकाम तम्घासको उदिनढुंगा नयाँ वसपार्क र तम्घासकै अर्घाखाँची तिर सवारी छुटने पुतली बजारमा बिभिन्न सवारी चालक, सवारी धनी र सर्बसाधरणलाई राखेर दुर्घटना न्यूनिकरण गर्नजिम्मेरवार बन्न आग्रह गरे ।
सवारी चालकलाई प्रशिक्षण दिँदै थापाले भने ‘तिब्र गति जिवन क्षती यसैलाई मनन गरेर सवारी चलाऔ सिट क्षमत भन्दा वढी यात्रु नराखौ जिम्मेवार चालक बनेर दुर्घटना न्यूनिकरण गरौ ।’ उनले सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा जिम्मेवार बनेर दुर्घटना रोक्न पहल गरे ।
सवारी साधन चलाउँदा सानो लाप्रवाहीले पनि दुर्घटना हुँनेहुदा सबै पक्ष मिलेर दुर्घटना न्यूनिकरणमा ध्यान दिन आग्रह गरे । प्रहरी सहायक निरिक्षक थापाले सवारी साधनको गति सिमित गरौ अफु पनि बचौं र अरुलाई पनि बचाऔं भनालईलाइ आत्मसाथ गरेर जिम्मेवार चालक बनेर सवारी सधान चलाउन आग्रह गरे । सवारी चालकलाई दिने सचेतनाअभिनाय जिल्लाको भिबभिन्न स्थानमा गरिने ट्राफिक कार्यालय गुल्मीसले जनाएको छ ।
सचेतना अभियानमा सवारी चालक,सवारी धनी र आम सर्बसाधारणलाई १ घण्टा सम्मको प्रर्शिक्षण दिने गरेको ट्राफिक प्रहरी जवान गुरुङ्गले जानकारी दिए । गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीका सड्कमा ऐना राखिएको पनि छ ।
तम्घास–रिडी–बुटवल सड्क अन्र्तगत सदरमुकाम सम्म जोडिने अति व्यस्त सड्कमा दुर्घटना न्यूनिकरण गर्नको लागी १४ वटा सड्क ऐनाहरु राखिएको छ । सड्क डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्ला स्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय लगायतको महत्वपूर्ण पहलमा उक्त ऐना राख्ने काम भएको हो ।
घुम्टीमा राखिएका ऐनाबाट बिपरित दिसाबाट आईरहेको सवारीलाई देख्न सकिन्छ । यसले पनि दुर्घटना न्यूनिकरण गर्न ठुलो मदत गरेको चालकहरुको भनाई रहेको छ । दुर्घटना न्यूनिकरण गर्न गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ ।
जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई जिल्ला भित्र रिडी सम्म टाइम कार्डको व्यवस्था गरिएको छ । यसबाट पनि बढदो दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्थानियको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend