साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष २३ ।
गुल्मीको मालिका गाउपालिका ६ अर्जै गुल्मीको आयोजनामा वडा भित्रका सबै उपभोक्ता समितिहरुको अभिमुखिकरण सप्पन्न भएको छ ।
अभिमुखिकरणमा उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, सम्झौता प्रक्रिया, कानुनी तथा गाउपालिकाले गरेका नितिगत ब्याबस्था लगायतका बारेमा जानकारी मालिका गाउपलिकाका निमित्त प्रसासकिय अधिकृत युवराज खड्काले जानकारी गराएका थिए ।
साथै बितिय ब्याबस्थापनको बारेमा लेखापाल कमल पौडेल र प्राबिधिक इस्टिमेट र मुल्यांकनका बारेमा गाउपालिकाका प्राबिधिक धर्म बिसिले जानकारी गराएको थिए ।
अभिमुखीकरणमा बोल्दै वडा अध्यक्ष शोभाखर गिरिले असार मसान्तमा काम गराउने प्रवृत्तिको अन्त्य गर्दै काम नगरी भुक्तानी माग्न आउने जुन सुकै समितिलाई कारबाही गर्ने बताए । बरु बजेट फ्रीज गए पनि काम नगर्ने तर बजेट मात्र कुरेर बस्नेहरुलाइ निरुत्साहित गर्ने उनले बताए ।
मालिका गाउपालीका वडा न ६ अर्जैले १९ जना भुकम्प पीडितसङ अन्तरक्रिया गरेको छ । गुनासो फारम भरेका नयाँ ७ जना र पहिलो किस्ता बुझेका भुकम्प पीडितहरुसङ छलफल तथा अन्तरक्रिया भएको थियो । गुनासो फारम भरेकालाइ आगामी योजना र प्रक्रियाका बारेका जानकारी दिइएको थियो ।
पहिलो किस्ता बुझेका बाकी १२ जनालाई दोस्रो तथा तेस्रो किस्ताको प्रक्रियाको बारेमा प्राबिधिक दिपक केशिले जानकारी दिएका थिए । साथै अहिले भुकम्प पीडितले गरिरहेका कामको पनि समिक्षा भएको गाउपालिकाका प्रबत्ता शोभाखर गिरिले जानकारी दिए ।
कार्यक्रम वडा अध्यक्ष गिरिको अध्यक्षता तथा वडा सदस्य शेर बहादुर नेपालीको स्वागत तथा सदस्य कृष्ण बिष्टको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend