साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष २३ ।
गुल्मीको मालिका गाउपालिका ६ अर्जैको ६२ औ वार्षिक उत्सव सप्पन्न भएको छ । ३ दिनसम्म संचालन भएको वार्षिक उत्सवमा विभिन्न प्रतियोगितात्म कार्यक्रम सम्पन्न भएका थिए ।
कार्यक्रममा अन्तर सदनात्म भलिबल प्रतियोगितामा बिजेता रेसुङा सदन र उपबिजेता सगरमाथा सदनलाइ प्रमुख अथिती मालिका गाउपालिका वडा न ६ का वडा अध्यक्ष शोभाखर गिरिले पुरस्कार प्रदान गरेका थिए ।
साथै कुर्सी दौडमा उत्कृष्ट हुने समुहलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमला सम्बोधन गर्दै गिरिले बिधालय राम्रो बन्न विद्यार्थी, शिक्षक र अभिभावकको महत्त्वपूर्ण भुमिका हुने बताएका छन ।
गुणस्तरी शिक्षा अहिलेको आवस्यकता भएकाले सबैले हातेमालो गरेर अर्जे माबिको बिकासमा जुट्नुको विकल्प नरहेको स्पष्ट पारे ।
कार्यक्रम बिधालयका प्रद्यानाध्यापक कमल प्रसाद अर्यालको अध्यक्षता, वडा अध्यक्ष गिरिको प्रमुख आतिथ्यता साथै शिक्षक हिमाल घर्ती मगरको संचालनमा सम्पन्न भएको त्यहाँबाट डम्बर सुनारले जानकारी दिए । कार्यक्रमको बिचबिचमा विभिन्न मनोरञ्जनात्मक सास्कृती प्रस्तुति राखिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend