logo
  • शनिबार, साउन ३० २०८३

कलाकारीता जगतकी उदाउँदो नक्षत्र तारा श्रीषमगर


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेन्द्र प्रसाद पोखरेल (एम.पि.) ।
कलाकारीता जगतमा धेरै कलाकारहरु छन जहाँ आफ्नो भबिश्य अनि बर्तमान बनाउन तल्लिन छन कलाकारहरु । आजको दिनमा कलाकारीतामा आउनेहरु पनि आफुलाई स्थापित गर्न अनि आफुलाई चिनाउने होडमा लागीपरिरहेका छन ।

आफु भित्रको कलालाई प्रस्तुत गरि आम दर्शक श्रोता माझ पुर्याउने अनि दुख सुखका अनुभुती सँग आफ्ना सृजनाले कलात्मक जिबन अनि बास्तबिकताको चित्रण पनि कलाकारीताको माध्यमबाट गर्ने गरिन्छ ।

कला एउटा भाबना या रचना मात्र होईन एक वास्तविकता पनि हो जुन जिबन्त उदाहरणहरुसँग मिल्न समेत जाने गर्छ । सृजना र कलाकारिताको यस्तै एक उदाहरणीय नाम हो तारा श्रीषमगर ।
विक्रम सम्वतमा बाग्लुङमा जन्मिएकी ताराका ५०० भन्दा वढी गितहरुमा स्वर रहेको छ । मेरो पाण्डवखानी, खैजडी बजाउँदै, रिघा पर्यो गाँउ, सिरफुल लगाएतका गितहरु उन्का हेर्न र सुन्न पाईन्छ ।

सानै उमेर देखी गाउने गरेकी ताराले साँगितीक क्षत्रमा आफुलाई उभ्याउँदै गरेको भने ५ बर्ष भएको छ । उन्को पाँच बर्षभित्रमा ५०० भन्दा बडि गितहरुमा उन्को स्वर रहेका छन । हरेक वर्ष १०० भन्दा बढि स्वर गुञ्जिए । प्रेम गुरुङ, तेजेन्द्र गुरुङ, नबिन राना, वशन्त बित्यासी थापा, शुरेष अधिकारी लगाएत सँगित जगतका हस्तीहरुसँग काम गरिसकेकी तारा आफुलाई साँगितीक क्षत्रमा नै आफ्नो भबिश्य देख्छीन ।हालै कतारमा सम्पन्न भएको प्रथम जिफण्ट धमाकामा उनले आफ्नो धमाकेदार प्रस्तुती दिईन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend