logo
  • आइतबार, असोज ११ २०८३

मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट पाेखरा लगियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ २२ ।
मध्य पहाडि लाेक मार्ग बुर्तिबाङ सडक खण्डअन्तरगत बडिगाड गाउँपालिका वडा न- २ राक्से मा दिउसाे बाईक दुर्घटना भएकाे छ । बाइक दुर्घटनामा ढाेरपाटन नगरपालिका ५ निवासी ३४ बर्षीय किरण पौडेल गम्भीर घाइते भएका हुन ।पाैडेल दिउसो बाग्लुङ बजारबाट बुर्तिबाङ तर्फ ध १ प ३१०७ नम्बरको मोटरसाइकलमा अाउदै गर्दा सडक भन्दा तल माेटरसाईकल सगै खस्दा घाइते भएका हुन । घाइतेकाे टाउकाेमा गम्भीर चाेट लागेकाे हुनाले खर्वाङमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत पोखरा लगीएको खर्वाङ प्रहरीले जानकारी दिएकाे छ । घाइते पाैडेल देविस्थान मावि निशिखाेलामा प्रध्यानध्यापककाे रुपमा काम गर्दै अाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend