logo
  • शनिबार, असोज १० २०८३

लोक संस्कृतिको संरक्षण र जगेर्नामा राज्य जिम्मेवार वन्नुपर्ने : भुसाल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ पुष २१।
परम्परागत भैलो समुह बडिगाड गाउँपालिका वडा नं. २ को दनिया को आयोजनामा आज सरस्वती विषर्जन गरिएको छ। सो कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले लोक संस्कृतिको संरक्षण र जगेर्नामा राज्य जिम्मेवार वन्नु पर्ने वताउँदै वडिगाड गाउँपालिका तथा जिल्ला समन्वय समितीले सहयोग गर्ने वताउनु भएको छ। कार्यक्रममा वडा अध्यक्ष, स्थानिय सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएत स्थानियहरुको सहभागिता रहेको थियो। गएको तिहारको लक्ष्मी पुजावाट सुरु भएको भैलो आज देखि विसर्जन गरिएको हो। भैलो टोलीले खर्वाङ, ग्वालीचौर, लगाएतका स्थानमा आफ्ना साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थियो । भैली समुहले झण्डै डेढलाख उठाएको र केहि रकम वचाएर सामाजिक कार्यमा खर्च गर्ने वडा सदस्य समेत रहेको स्थानिय गोम वहादुर रानाले जानकारी दिनुभएको छ। भैली गुरु हिरा वहादुर राना, पुरुसिँगे गुरु डिल वहादुर राना लगाएत १६ जनाको साँस्कृतिक समुह रहेको टोली ग्वालीचौरमा भएको न्वागी मेलामा भएको प्रतियोगीतामा प्रथम समेत भएको थियो । वडिगाड गाउँपालिकाले यसवर्ष प्रत्येक साँस्कृतिक समुहलाई ५÷५ हजार समेत विनियोजन गरेको छ । वडिगाड गाउँपालिकाले संस्कृति जगेर्नामा १० लाख विनियोज समेत गरेको थियो। दनियाको सो समुहले हरक वर्ष भैली कार्यक्रम मार्फत संस्कृति जगेर्नामा टेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend