logo
  • आइतबार, असोज ११ २०८३

महेन्द्र आर्दशका भिमलाल सापकोटा स्वंयम पनि आदर्श पात्र हुन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी पुष २० ।
गुल्मीको वामीटक्सारको महेन्द्र आदर्श माध्यामिक विद्यालयबाट प्रधानध्यापक भिमलाल सापकोटाले हालै अध्यापन पेशाबाट अवकास लिएका छन् । सरकारी जागिरको हिसावले उनले अवकास लिए पनि उनले त्यस विद्यालयमा पुराएको योगदान हेर्ने हो भने उनले हालसम्मका विद्यार्थी र अभिभावकबाट कहिल्लै अवकास पाउन सक्दैनन्, दिदैनन् र उनले पनि लिदैनन् ।

जसले जहाँबाट शिक्षा लियो र दियो

महेन्द्र आदर्श मावि र भिमलाल सापकोटा  वामीवासीका लागि पर्यावाची नाम हो । जसले सोही विद्यालयमा शिक्षा लियो र त्यही विद्यालयमा शिक्षा दियो । २०१७ साल भदौ १८ गते पिता रविलाल सापकोटा र माता पार्वती सापकोटाको कोखबाट जन्मिएका सापकोटा त्यस माविमा २०३६ सालमा पहिलो व्याज एसएलसी उतिर्ण हुने विद्यार्थी थिए । महेन्द्र मावि तम्घास केन्द्रबाट परिक्षा दिने ६४ जना विद्यार्थी मध्ये जम्मा १२ जना उतिर्ण हुने मध्येका एक थिए सापकोटा ।

२०३७ देखि २०४९ सालसम्म प्रावि तह स्थाई शिक्षकका रुपमा त्यस विद्यालयमा अध्यापन गराएका सापकोटा २ वर्षपछि अध्यापन पेशा छाडेर उच्च शिक्षा हाँसिल गर्न हिडेका थिए । उच्च शिक्षा अध्यान कै क्रममा उनले २०४३ सालको ५ महिना सम्म वाग्लुङ्ग ग्वालीचौरको भानु माविमा समेत पढाएका थिए ।

२०४४ भदौं ५ गते देखि २०४८ चैत्र १२ सम्म उनले महेन्द्र आदर्श माध्यामिक विद्यालयको मावि तह अस्थाई शिक्षकका रुपमा अध्यापन गराएका थिए । २०४८ चैत्र १३ गते मावि स्थाई शिक्षक भएका थिए भने २०६१ सालमा मावि दृतिय श्रेणीमा बढुवा भएका थिए ।

सापकोटा २०५८ देखि २०६० सम्म सोही विद्यालयको निमित्त प्रअ रहे । कुल ३३ वर्ष सम्म अनवरत अध्यापन पेशामा रहेका सापकोटाले लगातार त्यस विद्यालयमा १६ वर्ष सम्म प्रधानध्यापकका रुपमा त्यहाँका प्रशासन चलाए र विद्यालयको शैक्षिक गुणस्तरका साथै भौतिक पुर्वधारको विकासमा पनि अग्रणी भुमिका निभाए ।

लगातार लामो समय सम्म एउटै विद्यालयमा प्रधानध्यापक चलाउने उनि यस जिल्लाका तेश्रो शिक्षकका रुपमा गणना हुन्छन् । लामो समय प्रधानध्यापक चलाउनेमा महेन्द्र मावि तम्घासमा २०३४ देखि ४२ सम्म दानबहादुर केसी थिए । उनि पछि सोही विद्यालयमा २०४३ देखि ५८ सम्म हिरामणी अर्याल थिए । त्यस पछि महेन्द्र आदर्शका सापकोटा गणना हुन्छन् ।

जिर्ण टिनको टहरा देखि पक्की भवनसम्म

सापकोटाले कखरा चिन्ने वेलासम्म महेन्द्र आदर्शको विद्यालयको भवनका नाममा निकै पुरानो र जिर्ण टिनको छानाको टहरा थियो । त्यही टहरामा उनले २०३३ सालमा पहिलो व्याच कक्षा ८ उतिर्ण गरेका थिए । उनि भन्छन् – २०१६ सालमा राजा महेन्द्र भ्रमण आएको वेला त्यस विद्यालयलाई निमावि बनाउन हुकुम भएपछि निमावि सरु भएको थियो ।

२०२२ सालदेखि मावि तह सुरु भएपछि २०२८ सालमा नयाँ राष्ट्रिय शिक्षा ऐन लागु भएको र त्यस अनुरुपमको भौतिक पुर्वधार पुरा नभएकोले खारेज गरिएको थियो । २०३३ साल बाट मात्र हाईस्कुल सम्वोधन भएको थियो । त्यसपछि मात्र विद्यालयको भौतिक पुर्वधारको विकास हुन थालेको उनको भनाई छ ।

उनको योगदान

हालसम्मका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग बुझ्दा उनलाई विद्यालय समय १०/५ को कहिल्लै मतलव भएन । घर नजिकैको विद्यालय उनको ध्यान चौविसै घण्टा विद्यालयमै घुमिरह्यो । विहानदेखि साँझ अवेरसम्म विद्यालयको काममा खटेर उनि कहिल्लै थकाई महशुस गरेनन् ।

२०६२ सालमा स्नातक तह सम्मको क्याम्पस सञ्चालन गर्न उनले धान्यञ्चल महायज्ञको नेतृत्व गरे । सफल पनि भए । विद्यालयको भौतिक देखि शैक्षिक सुधारमा उनको नेतृत्वदायि भुमिकाले त्यहाँको विद्यालय परिवार सवै सफल पात्रका रुपमा चित्रित हुँदै आएका छन् । उनले अग्रेजी कक्षा सञ्चालनमा अगुवाई गरे ।

विगत केहि वर्ष देखि नर्सरी देखि कक्षा १० सम्म अग्रेजी कक्षा सञ्चालन भए पछि अग्रेजीका लागि संस्थागत विद्यालय ताक्ने विद्यार्थीहरु त्यसै सामुदायिक विद्यालयमा आकर्षित भए । फलस्वरुप बढि विद्यार्थी अध्यान गराउने महेन्द्र आदर्श जिल्ला कै दोश्रो विद्यालय हुन सफल भयो ।

अहिले त्यस विद्यालयमा कुल ९ सय ४२ जना विद्यार्थीहरु छन् । उनले गतवर्ष विद्यालयलाई आर्थिक श्रोत जुटाउन तिन महिनासम्म अष्ट्रेलिया यात्राको अभियान जोडे । उनको छोराको माध्यमबाट उनले अपेक्षित आर्थिक श्रोत पनि जुटाउन सफल भए । उनि पेशागत शिक्षकको हकहितका पक्षमा पनि नेतृत्व दायि भुमिकामा रहँदै आएका छन् ।

२०५६ सालमा उनि नेपाल शिक्षक संघको जिल्ला उपाध्यक्ष भएर शिक्षक हकहितको पक्षमा सक्रिय भए । २०७० देखि हाल सम्म नेपाल शिक्षक युनियनको जिल्ला अध्यक्ष रहँदै आएका छन् । त्यस्तै २०६३ सालदेखि लगातार तिन कार्यकाल सम्म सापकोटा रुद्रवती शैक्षिक विकास केन्द्रको अध्यक्ष रहेर त्यहाँको शैक्षिक विकासमा आफुले सके सम्मको योगदान पुराउँदै आएका छन् ।

विद्यालय कै काममा कस्सै ज्यान हाले

गत वर्ष २०७३ साल मंसिर ८ गतेका दिन विद्यालय कामको शिलशिलामा शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त कार्की र उनि वुटवल हिडेका थिए । उक्त दिन पाल्पाको कमलपोखरी नजिकै गाडी दुर्घटना भयो । कार्कीको ज्यान गयो । अर्को एक् जनाको पनि गयो । सापकोटा कसैले बाँच्ला भन्ने आश नगर्ने अवस्थामा घाईते थिए ।

उनको २१ दिनसम्म पुर्ण होस खुल्न नसके पछि परिवार, आफन्तजन र शुभेच्छुकहरुले माया मारी सकेका थिए । लगातार १२ दिन सम्म पुर्णरुपमा अचेत सापकोटा काठमाण्डौं वाँसबारी स्थित न्युरो अस्पतालमा उपचार गराएर मृत्युलाई जितेर अहिले आफ्नो लामो शैक्षिक सेवाको अवकास अर्थात सफल शैक्षिक सेवाको प्रमाण पत्र बुझ्न पाएका हुन् । उनलाई वामी र त्यस भेगका पुर्व विद्यार्थीहरुले गुरु मात्र होईन महागुरुका रुपमा पुज्छन् ।

अमेरिका, वेलायत, जापान कोरिया अन्य युरोपियन मुलक र विभिन्न देशमा पुगेका पुर्व विद्यार्थीहरुले उनि दुर्घटनामा पर्दा आँशुले फेशवुक वाल भरेका थिए । उनको १६ वर्षे प्रधानध्यापक कार्यकालमा एक दिन पनि विद्यार्थी, अभिभावक वा कोही सर्वसाधरणले कुनै एक असन्तुष्टी जनाएर विरोध जुलुस र हडताल गरेनन् ।

शान्त र शौहार्दपुर्ण वातवरणमा उनले महेन्द्र आदर्श माध्यामिक विद्यालयको शैक्षिक गतिविध अगाडी बढाउँदै आएका थिए । वास्तवमै उनि शैक्षिक पेशामा रहेका व्यक्तिहरुका लागि आदर्श पात्र भएको थुप्रै शिक्षकहरु बताउँ छन् ।

उनि आफै पनि भन्छन् – सरकारी सेवाबाट मैले अवकास लिए पनि सामाजिक सेवाका हिसावले मैले महेन्द्र आदर्श माविबाट कहिल्लै अवकास लिन सक्दीँन र सक्नु पनि हुन्न यो मेरो नैतिक जिम्मेवारी रहन्छ । जसले मलाई शिक्षा दियो त्यही शिक्षा अरुलाई छर्न अवसर दियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend