logo
  • आइतबार, असोज ११ २०८३

वुटवलबाट बुर्तिबाङका लागि छुटेकाे जिप पाल्पामा दुर्घटना ४ घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ पुष २०।
बुटवलबाट बिहान बागलुङको बुर्तिबाङका लागि छुटेकाे जिप पाल्पामा दुर्घटनामा परेकाे छ। बिहान बुटवलबाट सवार लिएर बुर्तिबाङका लागि हिडेकाे लु १ ज १८५८ नम्बरको जीप रिप्दीकोट गाउँपालिका २ जोर्तेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी बागलुङको निसिखोलाका एकै परिवारका ५० वर्षिय पुरन पुन, २१ वर्षिय लक्ष्मी मगर, ४ वर्षिय बसन्त पुन र रुपन्देही हरेवाका जीप चालक पुनिक बहादुर पुन घाईते भएको प्रहरीले जनाएको छ ।

जीप जोर्ते ओरालोमा विश्वकर्मा बाबाको मन्दिर नजिक करिब एक सय मिटर तल भिरमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend