साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी पुष १९ ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर १(१) का नवनिर्वाचित प्रदेश सांसद सुदर्शन बरालले नेपालमा शैक्षिक क्रान्तिको आवश्यकता परेको बताएका छन् । बदलिदो समय र परिस्थितिसँगै घुलमिल हुन सक्ने जनशक्ति तयार हुनुपर्नेमा उनले जोड दिए । रेसुङ्गा बुहुमुखि क्याम्पसमा आयोजना गरिएको स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
नेपालको शैक्षिक प्रणालीलाई परिवतन गरी प्राविधिक शिक्षा संचालन गरिनुपर्छ ।’ उनले भने, ‘यो अहिलेको आवश्यकता र माग हो ।’ त्यसका साथै उनले अब बन्ने प्रदेश र केन्द्रिय सरकारले विद्यार्थीको पक्षमा ठोस नीति लिएर अगाडी बढ्ने बताए ।
अर्को प्रसंगमा नेता बरालले नेकपा एमाले र माअोवादी केन्द्रबिच पार्टी एकता हुने कुरामा शंका नगर्न आग्रह गरेका छन् । समय केहि ढिलो भएपनि पार्टीका अध्यक्षलगायत शिर्ष नेताहरुबिच कुराकानी भइरहेकोले सकेसम्म छिटो पार्टी एकता हुने समेत बताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज हिरा एसीले क्याम्पसलाई आङ्गिक बनाउन पहल गरिरहेको बताए । विद्यार्थीहरुले तिर्नुपरेको चर्को शुल्कको बारेमा आफूहरु जानकार भएको बताउदै नेता एसीले त्यसको छिट्टै अन्त्य हुने विश्वास समेत दिलाए ।
त्यस्तै क्याम्पस प्रमुख हरी बहादुर खत्रीले क्याम्पस प्रशासनका हरेक गतिविधिमा विद्यार्थी सहभागिता बृद्धि गराउने प्रतिबद्धता ब्यक्त गरे । रेसुङ्गा बहुमुखि क्याम्पसमा रहेका एमालेनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु क्रान्तिकारीले संयुक्त कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्याथीहरुलाई सहयोग गरेका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि नै दुई विद्यार्थी संगठनका पार्टीहरु एकता गर्ने उदेश्यले बाम तालमेलका निर्वाचनमा होमिएका थिए । तर अहिले पार्टी एकता गर्न ढिलाई गरेकोले त्यसको लागि दबाप दिने उदेश्यले दुई संगठन नै मिलेर संयुक्त कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी रेसुङ्गा बहुमुखि क्याम्पस कमिटी सदस्य सुनिता सुनारले जानकारी दिइन् । यसरी गरिएको संयुक्त कार्यक्रम जिल्लामै पहिलो पटक हो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गणेश श्रीपाली, माअोवदी केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य अशोक थापा, धर्म विश्वकर्मा, क्याम्पस उपप्रध्यापक गोविन्द गौतम, माअोवदी केन्द्रका जिल्ला सचिवालय सदस्य यदु ज्ञवाली, एमाले क्षेत्र नम्बर २ का सचिव ओम कार्की, अनेरास्ववियु जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य घनश्याम खरेल लगायतको उपस्थिति रहेको थियो । .
त्यस्तै रेसुङ्गा बहुमुखि क्याम्पस स्ववियु सभापति श्रीराम महत, श्रृङ्गेश्वर बहुमुखि क्याम्पसका स्ववियु सभापति किसन पाण्डे, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी गुल्मीका विभिन्न पदाधिकारीहरु, क्याम्पसका स्ववियु पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो ।
अनेरास्ववियु रेसुङ्गा बहुमुखि क्याम्पस कमिटी अध्यक्ष नविन अर्यालको अध्यक्षता, सासंद बरालको प्रमुख आतिथ्यता, नेता एसीको विशेष आतिथ्यता तथा क्याम्पसका विद्यार्थी नेता हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend