logo
  • आइतबार, असोज ११ २०८३

आगोले ध्वस्त दजाकोटमा १८ घर बने, १७ घर निर्माणधिन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष १९ ।
२०७३ वैशाख १८ गते गुल्मीको बडागाउँमा लागेको आगलागीमा परि क्षति भएका घरहरुको निर्माण कार्य भइरहेको छ । आगलागि भएको २० महिनामा १८ घरको निर्माण कार्य सम्पन्न भइसकेको छ ।आगलागिमा परेका ५८ घरहरुमध्ये १७ घर निर्माणधिन छन् भने २३ घर बन्न बाँकि छन् । आगलागिमा परि गाउँका सबै ५८ घर र बङ्गालो तथा पशुपंक्षि जलेर नष्ट भएका थिए । त्यसरी नष्ट भएका घरहरुलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरि घर निर्माण कार्य अगाडी बढाइएको छ ।जसमध्ये अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखि काम गरिएको स्थानिय युवा बिमल छन्तेलले जानकारी दिए । ‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तिन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाउने छन्तेलले बताए । सबै पिडितहरुले भुक्तान भने तिन पटक गरी लिनुपर्नेछ । पहिलो पटक डिपिसि गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर लिङ्टेल गरेपछि ३० प्रतिशत र सबै काम सकेपछि ३० प्रतिशत गरी सबै भुक्तान पाउने बडागाउँ अग्निपिडित राहात संकलन तथा वितरण समितिका कोषाध्यक्ष हरी छन्तेलले जानकारी दिए । जिल्ला प्राविधिक कार्यलयले बनाएको भूकम्प प्रतिरोधि घरको नक्साको आधारमा अग्नीपिडितले घर बनाइरहेका छन् । प्रत्येक कामको नक्सा इन्जिनियरद्धारा पास भइसकेपछि साना किसान कृषि सहकारी सँस्थामा रहेको पिडितको खातामा रकम जम्मा हुने बताइएको छ ।

बाँकि रहेका २३ घरले भने यहि फागुन मसान्तभित्र डिपिसी गरेमा मात्र पहिलो किस्ताको रकम पाउने समितिले जनाएको छ । यसरी पिडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघ सस्थाँ, आमा समहूहद्धारा संकलन गरिएको राहात समितिले जनाएको छ ।

सरकारी सहयोग

आगलागि भएलगत्तै जिल्ला प्रशासनले ५ हजार, जिल्ला विकास समितिले चर्पी निर्माणको लागि ५ हजार र पशु सेवा कार्यलयले गोठ निर्मणको लागि १० हजार रुपैँया उपलब्ध गराइएको छ ।

नगरपालिकाबाट ३० लाख विनियोजन

मुसिकोट नगरपालिकाभित्र पर्ने वडा नम्बर ४ बडागाउँको पुननिर्माणका लागि यो आर्थिक बर्षमा नगरपालिकाले ३० लाख विनियोजन गरको छ । प्रत्येक पिडितले एक/एक लाखका दरले प्राप्त गर्ने भएपनि यो बर्ष घर पुरै बनाएका ३० परिवारले मात्र रकम पाउने नगरप्रमुख सोमानाथ सापकोटाले बताए ।

बाँकि रहेका अन्य घरपरिवारले आगामी बर्षमा रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend