साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष १७ ।
एकिकृत पोषण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम मालिका गाउँपालिका ६ अर्जैमा सम्पन्न भएको छ । सुआहारा २ गुल्मीले मालिका गाउँपालिकाका जनप्रतिनीधिहरुलाई एकिकृत पोषणको बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा सहजकर्ता महेन्द्र घिमिरेले नेपाल र जिल्लामा पोषणको अवस्था र सुआहाराको भुमिकाका बारेमा जानकारी दिएका थिए । साथै एकिकृत ग्रामिण विकास समाज गुल्मीको सुआहारा कार्यक्रम फिल्ड संयोजक किरण श्रेष्टले जिल्लामा पोषणको स्थिती र स्थानीय तहमा जनप्रतिनीधिहरुको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा कुपोषण र त्यसका असर साथै न्यूनिकरणका बारे जानकारी दिइएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवा अर्याल, प्रसासकिय अधिकृत लेखनाथ पोख्रले, सवै वडा अध्यक्ष, बिषयगत कार्यालय प्रमुख, सुआहाराका वास अफिसर रामु पराजुली लगायतको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend