logo
  • आइतबार, असोज ११ २०८३

शैक्षिक विकासका लागि त्रिपक्षीय तालमेल हुनुपर्छ : वडा अध्यक्ष श्रीस


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ पुष १६ ।
बागलुङको गल्कोट नगरपालिका वडा नं. ११ मा रहेको रत्न लक्ष्मी माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।  नतिजा प्रकाशन संगै प्रत्येक कक्षामा प्र्रथम द्धितिय तथा तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृति गरिएको थियो।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर वहादुर श्रीसले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागी शिक्षक, विद्यार्थी तथा अभिभावकको त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने वताउनु भएको छ। राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै त्यसको गुणस्तर वृद्धिमा शिक्षक र प्रशासन वढि जिम्मेवार हुनु पर्ने र अभिभावक तथा विद्यार्थीले आफ्नो दायीत्व भुल्न नहुने वडा अध्यक्ष श्रीसले स्पष्ट पार्नुभएको छ।

कार्यक्रममा स्थानिय दल वहादुर वुढाथोकी, धिरेन राजवंशि, युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान वहादुर श्रीस लगाएतले शैक्षिक सुधारको पक्षमा लाग्नुपर्ने वताउनु भएको थियो। कार्यक्रममा प्रधानाध्यापक दामोदर शर्माले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा वहादुर पुनको अध्यक्षता, सहायक प्रधानाध्यापक तुल वहादुर श्रीसको स्वागत मन्तव्य तथा शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै गल्कोट नगरपालिकावाट आर्थिक वर्ष २०७४÷७५ को लागी वडा नं. ११ मा विनियोजित रकम मध्ये रिघा खानेपानी तथा सरसफाई आयोजनाको कार्यान्वयनको लागी उपभोक्ता समितिको पुर्नगठन गरिएको छ।

तारा वहादुर पुनको संयोजकत्वमा सो उपभोक्ता समितिको पुर्नगठन गरिएको हो। त्यस्तै रिघा गोठलाङ, मल्म पाण्डवखानी मोटरवाटो उपभोक्ता समितिको पनि पुर्नगठन गरिएको छ।

भेलाले विर वहादुर श्रीसको संयोजकत्वमा सो समितिको पुर्नगठन गरेको हो। कार्यक्रममा वडा अध्यक्ष डम्वर वहादुर श्रीसको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend