साझा नेटवर्क
????????????????????????????????????
टोपलाल अर्याल, गुल्मी पुष १६ ।
गएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा गोकर्ण बिष्ट भोट माग्न रेसुंगा नगरपालिका ६ को चेक्मी पुगे । उनले भोट माग्दा चेक्मीका स्थानीयले तरकारी खेतीका लागि सिंचाई मागेका थिए । बिष्टले चुनाव जितेर काठमाण्डौ फर्किएको केहि दिनमै त्यो माग पुरा गर्ने बचन समेत दिएका थिए । नभन्दै बिजयी भएको २० दिनमा सांसद बिष्टले आफ्नो चुनावी प्रतिबद्धता पुरा गरेका छन् ।
अहिले सोलार लिफ्टिङ्गबाट घर नजिकै दुई इन्चको पाइपमा पानी आउँदा स्थानीय हर्षित एवं उत्साहित भएका छन् । ‘गाउँ पानी नभएकाले थुप्रै खेती योग्य जमिन बाँझो छ, स्थानीय दुर्गा मरासिनीले सांसद बिष्टलाई आश्वासन दिदै भने, अर्को चोटी तपाई आउँदा गाउँ तरकारीमय हुनेछ ।
चेक्मीको खालाचौरबाट ८० मिटर उचाईमा सात सय मिटर माथी डाँडोमा पानी तानिएको रेसुंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष गन बहादुर गुरुङ्गले बताए । परियोजना सफल भएपछि सोहि स्थानका एक सय ५० घरले सहज रुपमा सिंचाई गर्न पाउने उपभोक्ता समितिका सचिव गोपाल केशीले बताए ।
बिना व्याट्रि सोलारका पाता मार्फत पानी तान्ने यो प्रविधी देशमा धेरै स्थानमा उपलब्धिमुलक रहेको प्राविधिक सुरेश राहुतले बताए । यो संचालन गर्न एक हप्ताको समय लाग्ने उनले बताए । यो प्रविधीलाई स्थानीयले जनत गरे पाँच बर्षसम्म केहि नहुने प्राविधिक राहुतले बताए । ‘सोलार सिस्टम भएकाले बिग्रने सम्भावना कम हुन्छ तर पनि संरक्षण हुनुप¥यो,’उनले भने,‘ पाँच बर्ष मेसिनकै ग्यारेन्टी हुन्छ ।
स्थानीयको ३ लाख साझेदारी गरी २५ लाखमा उक्त सिचाई परियोजनाको सफल परिक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए । अझै पोखरी मर्मत तथा बितरणको काम बाँकी भएकाले लागत बढ्न सकिने मरासिनीले बताए । चेक्मी गाउँमा पुगेर सो योजनाको उद्घाटन गरेका गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले जिल्लाका अरु ४० देखि ५० स्थानमा खानेपानी तथा सिचाईका निम्ती सोलार लिफ्टिङ्ग संचालन गर्ने बताए ।
पानी खस्दा मात्र सफलता नठान्नुस, म यो गाउँमा तरकारी फलेको हेर्न चाहन्छु,‘ उनले भने,’ परियोजनाको संरक्षण पनि तपाईहरुको कर्तव्य हो ।’ उनले जिल्लामा अबको पाँच बर्ष खानेपानी, सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
साना समस्याका लागि स्थानीय निकायहरु भएकाले ठुला समस्याहरुका लागि आफु संधै जनाताका पक्षमा रहेको बिष्टले प्रतिक्रिया दिए । ‘चुनावका बेला जनता समक्ष गरेका बाचा पुरा गर्ने दिन शुरु भए, उनले भने, सरकार गठनपछि त्यो काममा सक्रिए भएर लाग्छौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend