साझा नेटवर्क
साझा नेटवर्क सम्वाददाता, बुटवल पुष १५ ।
संगीत क्षेत्रमा निरन्तर लागि रहेका युवा सर्जक तथा मोडल मोहन केसीले अभिनय गरेको गीत बजारमा आएको छ । रंगीन मिडियाले बजार ब्यबस्थापन गरेको गीतमा युवा सर्जक तथा गायक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बीसी र समिर बिष्णु खत्रीको शब्द रहेको छ ।
देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको गीत लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बोकेको गीत हो । चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन, छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा मोहन के सी, सनया खड्का र नबिन मरासिनीको अभिनय रहेको छ ।
रोजगारीको सिलसिलामा नेपाल छोडेर बिदेशी भूमिमा (कोरीया) रहदै आएका गायक समिर बिष्णु खत्रीको यो गीतले सफलता पाओस हाम्रो शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend