logo
  • शनिबार, साउन ३० २०८३

कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रामप्रसाद पराजुली, कतार ।
कतार नेपाली एकता समाजले हिजो २९ डिसेम्बर-२०१७ दिन दोहा कतारको एक होटलामा आगामी पाचौ सम्मेलन तयारिको लागी विस्तारित बैठक सम्पन्न गरेको छ । संसारका मजदूर एक हौं ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाको लागि हाम्रो अभियान,प्रवासी श्रमजिवीहरुको हक हित र अधिकारको पक्षमा पाचौं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ आउदो रमादानमा पाचौं राष्ट्रिय सम्मेलनको तयारिको लागि विस्तारित र्बैठक सम्पन्न गरेको हो ।

कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता रहेको उक्त बैठकको सञ्चालन महासचिव खिम बढाले गरेका थिए । कतार नेपाली एकता समाजको केन्द्रिय समितिले आयोजन गरेको उक्त बैढैकमा सम्पूर्ण एरिया बाट तीन तीन जनाको प्रतिनिधित्यो रहेको थियो ।

उक्त बैठकमा उपस्थित सम्पूर्ण प्रतिनिधि हरुले सम्मेलनको तयारिको लागी आ-आफ्नो धारण राख्नु भएको थिए भने उपस्थित सम्पूर्ण प्रतिनिधि हरुले आगामी रमादानमा हुन गइरहेको पाचौं राष्ट्रिय सम्मेलन भव्य र सव्य तरिकाले सफल पार्नको लागि संस्थाले दिएका जुनसुकै कार्यभार तथा जिम्मेवार वहन गर्न तयार रहेको जनाएको छन ।

एकता समाजले पाचौं राष्ट्रिय सम्मेलनको तयारिको लागी समाजका अध्यक्ष लुमाकान्त पुन संयोजकमा मुल आयोजक समिती रहने गरी गठन गरिएको छ । त्यस्तै अन्य सदस्यहरु आवस्यक अनुसार थप्न सकिने छ । ६ उप–समिति गठन गरिएको छ ।

१. व्यवस्थापन उप–समिति (संयोजक) हेमन्त वाइवा, सदस्यहरुमा हरि प्रसाद शर्मा, गिरी काउछा, अमिना खान, हेम बस्नेत, प्रेम खत्री, राम इन्दल थिङ्ग ।

२.विधान घोषणा पत्र खिम बुढा संयोजक, सदस्यहरु–ः हेमन्त वाइवा र अर्जुन थापा ।

३. आर्थिक उपसमिति धन बहादुर परियार संयोजक, सदस्यहरु मिनराज पुन, भरत सुनार, तेजनारायण शर्मा, रेणुका चौलागाई ।

४. प्रचार प्रसार उपसमिति, विष्णु थापा, संयोजक सदस्यहरु –ः उद्धव मगर, रामप्रसाद पराजुली, जानुका बस्नेत (खडका) टेंकराज थापा, लिलाधर आचार्य, अर्जुन खनाल, रोशन राई,गोविन्द लाल वि.क ।

५. सांस्कृतिक उप–समिति संयोजक बलदेव राना, सदस्यहरु –ः हुमाकान्त आचार्य, खगेश्वर भूषाल, रण बहादुर वि.सि, रेशम रोका, विमल भूषाल, राधिका मगर, दिल बहादुर वि.क ।

६. स्वयंमसेवक उपसमिति संयोजक अमर वि.क, सदस्यहरुमा लक्ष्मण कोईराला, रण बहादुर नेपाली, थम्मन पुन, थम्मन थापा, पहलसिंह सामत, शालिकराम पुन, सत्य बहादुर पुन, अशोक राना, इन्दिरा खनाल, इश्वरी थापा, चयन हुनुभएको छ ।

उक्त बैठकमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अर्जुन थापाको पनि उपस्थिती रहेको थियो अन्तमा बैठक सौहाद्रपूर्ण वातावरणमा समापन भएको अध्यक्ष लुमाकान्त पुनले घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend