logo
  • शनिबार, असोज १० २०८३

५ नम्बर प्रदेशको राजधानी लुम्बिनी हुनुपर्छ : एमाले सचिव विष्ट


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष १४ ।
नेकपा एमालेका केन्द्रिय सचिव एवम् गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद गोकर्ण विष्टले पाचँ नम्बर प्रदेशको राजधानी लुम्बिनीमा हुनुपर्ने बताएका छन् । गौतब बुद्धको जम्मस्थल लुम्बिनी भएकोले बुद्धको समेत सम्मान गर्दै प्रदेश राजधानी लुम्बिनी हुनपर्ने उनको भनाई छ । शुक्रबार गृहजिल्ला गुल्मीको रेसुङ्गा बहुमुखि क्याम्पसको उद्धाटन गर्दै उनले यस्तो बताएका हुन् । ५ नम्बर प्रदेशको राजधानी लुम्बिनी हुँदा सबै प्रदेशबासिको शिर माथि उठ्छ । उनले भने, ‘यसो गर्दा गौतम बुद्धको पनि सम्मान हुनेछ ।’ तर यसको बारेमा प्रदेश सभाले नै टुङ्गाउने उनको भनाई छ ।

नेता विष्टको जिल्लामा मन्त्रि बन्ने चर्चा चलिहरेका बेला उनले आफू पार्टीको जिम्मेवार कार्यक्रता भएको हैसियतले पार्टीले कुनै दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।

दुई अध्यक्षबिच निरन्तर छलफल भइरहेको छ

निर्वाचनपछि पार्टी एकताका विषयमा शंका देखिएपनि त्यो सत्य नभएको उनको भनाई छ । शिर्ष नेताहरुको ब्यवस्थापन लगायतका केहि जटिलताहरुको कारणले गर्दा पार्टी एकता छिट्टै निष्कर्षमा पुग्न नुसकेको उनले बताए । ‘केहि जटिलताहरुले गर्दा निर्वाचनमा भनेजस्तै गरी पार्टी एकता गर्न ढिलाई भएकै हो ।

उनले भने, ‘तर अब छिट्टै पार्टी एकता हुन्छ, कसैले शंका नगरे हुन्छ ।’ एकतापछि पनि शिर्ष नेताहरुको ब्यवस्थापनका विषयमा भएको विवादप्रति नेता विष्टले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच नियमित भेटघाट भएको भन्दै यसलाई सहज ढङ्गले ब्यवस्थापन गरिने बताए ।

मध्यपश्चिम विश्वविद्यालयबाट क्याम्पस आङ्गिक हुन्छ

स्थापनाकालदेखि नै विद्यार्थीहरुको मासिक फिसबाट संचालन हुँदै आएको रेसुङ्गा बहुमुखि क्याम्पसलाई आङ्गिक बनाउने उद्घोष समेत नेता विष्टले गरेका छन् । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यायल सुर्खेतबाट क्याम्पसलाई आङ्गिक बनाउनेछौ ।’ उनले भने, ‘आङ्गिक भएसँगै विद्यार्थीहले चर्को शुल्क तिर्ने प्रथाको अन्त्य हुनेछ ।’

९ गतेबाट सुरु भएको बार्षिकोत्सव सम्पन्न

क्याम्पसको ३५ औ बार्षिकोत्सव पौस ९ गतेदेखि सुरु भएको हो । कार्यक्रममा विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ हुने, कक्षामा उत्कृष्ठ अंक ल्याई उत्तिर्ण हुने लगायतका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ठ कर्मचारी तथा उत्कृष्ठ प्रध्यापकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि विष्टले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

बार्षिकोत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका विभिन्न पदाधिकारीहरु, रेसुङ्गा नगरपालिकाका मेयर, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, क्याम्पसका छात्रबृत्ति अक्षयकोषका दाताहरु, पत्रकार, क्याम्पसका प्रध्यापक, उपप्रध्यापक, स्ववियु पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख हरी बहादुर खत्रीले क्याम्पसको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस संचालक समित अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता रहेको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख गोविन्द गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend