साझा नेटवर्क
देवेन्द्र केसी/साझा नेटवर्क भारत पुष १३।
भारतको राजधानी दिल्लीमा बिहीबारबाट तेश्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीप प्रतियोगिता सुरु भएको छ । तालकटौरा स्टेडियममा बिहीबार उद्घाटन गरिएको च्याम्पियनसिपका लागि २० खेलाडी सहीत २७ जनाको नेपाली राष्ट्रिय टोलीको सहभागिता छ ।
खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण शिबिरमा तालिम दिईएको मुख्य प्रशिक्षक तथा जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका अध्यक्ष एबं संस्थापक केबी राना (काजी)ले बताए । रानाका अनुसार खेलाडीहरुले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिङमा प्रतिष्पर्धा गरिरहेका छन ।
जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका केन्द्रीय सचिव गिरी प्रसाद पुनले खेलाडीहरुले निकै मिहेनत गरेका कारण धेरै भन्दा धेरै पदक हासील गर्नेमा विस्वस्त रहेको बताए । उनले २० जना खेलाडीहरुमा ६ जना महिला र १४ जना पुरुष रहेको नेपाली टोलीले विगतमा पुणेमा भएको दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीपमा पहिलो स्थान हासील गरेजस्तै यसपाला पनि उत्कृष्ट स्थान हासील गर्ने बताए ।
उनले २५ केजी मूनि र २५ केजी माथी गरी ४ वटा समूहमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने समेत जानकारी दिएका छन । भारत, बंगलादेश, श्रीलंका, भुटान लगायतका दक्षिण एसियाली मूलुकका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाली खेलाडीहरुमा (२५ केजी तर्फ) शाहिल गुरुङ, प्रीयंका थापा (४० केजी), प्रशान्त थापा (३० केजी) र प्रसुन शाही (३५ केजी) छन ।
यसैगरी १४ वर्ष उमेर तर्फको समुहमा बिपिन गुरुंग (३५ केजी), कृतिमा गौतम (४० केजी), रिजन पाण्डे (४० केजी), शिबम बस्नेत (५० केजी) र एलिसा घिमिरे (४० केजी) रहेका छन । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी), सुमन परियार (६० केजी), कनिश्क राना (५५ केजी), सिबानी बस्नेत (४५ केजी), विपना जिएम (५५ केजि) र सुस्मा पान्डे (५० केजी) छन ।
त्यस्तै १९ बर्षमुनि ७० केजि तौल समुहमा मेख बहादुर घर्ति मगर छन । सिनीयर तर्फ खुल्ला उमेर समुहमा राजकुमार हरिजन (४५ केजि), बिपिन राना (५० केजि), सन्तु चौधरी (५५ केजि) र सञ्जय चौधरी (७० केजि) रहेका छन् ।
टिममा संयोजकका रुपमा जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगर, ब्यबस्थापकमा केन्द्रिय सचिब गिरी प्रसाद पुन, सहायक ब्यबस्थापकमा केन्द्रिय सदस्य भिमसेन थापा रहेका छन ।







© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend