logo
  • शनिबार, साउन ३० २०८३

गायक कमल सिंहले कस्लाई भने “लाजै नभा नकटी”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

चक्र चन्द/साझा नेटवर्क, काठमाडौं पुष १२।
नेपाली लोकसाँगितिक क्षेत्रका एक आशा लाग्दा प्रतिभावान गायक कमलसिँह झाक्री मगरले यस वर्षकै उत्कृष्ट रोईला गित “लाजै नभा नकटी” नामक एल्बम बजारमा ल्याएका छन् । भावना म्युजिक प्रालिबाट भर्खरै मात्र बजारमा आएको यो गितमा बहुचर्चित लोक तथा दोहोरी गायिका देवि घर्ती र कमलसिंह झाक्रीको आवाज रहेको छ ।

आफुले यो गित निकै मेहनतका साथ बजारमा पठाए भन्दै झाक्रीले धेरै दर्शक र श्रोताको मन जित्न सफल रहने आशा गरेको बताउछन । गीतमा शब्द खड्ग रोकाय र झाँक्रीको रहेको छ भने संगीत स्वयम झाँक्रीले नै गरेका छन ।

गीतको म्यूजिक भिडियोमा बिमल अधिकारी र कृति अधिकारीको मुख्य अभिनय देख्न सकिन्छ । त्यस्तै कपिल लामाले निर्देशन गरेको भिडियोलाई हरिस महराले छायाँकन तथा अमर शाक्यले सम्पादन गरेका छन् ।

हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend