logo
  • आइतबार, असोज ११ २०८३

मालिका गाउँपालिकाको विशेष सभा सम्पन्न : केन्द्र विबाद मिल्यो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी पुष १२।
मालिका गाउँपालिकाको केन्द्रको बिबाद टुङ्गिएको छ । केन्द्रकै बिषय समाधान गर्न बसेको मालिका गाउँपालिकाको विसभाले सैरे पोखरा र ठुलीचौरको मध्ये भागमा केन्द्र राख्ने निर्णय गरेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । मालिका गाउँपालिकामा आठ वटा वडा रहेका छन् । अर्जे, छापहिले, घमिर र दर्लिङ्गले मालिका गाउँपालिकाको केन्द्र सैरे पोखरा हुनुपर्छ भनेर माग गरेका थिए ।अर्खबाङ्ग, ह्वाङदी र नेटाले केन्द्र ठुलीचौर नै राख्नुपर्ने अडान राख्दै आएका थिए । केन्द्रको बिषयमा मरभुङ्ग भने तटस्थ देखिएको थियो । केन्द्रको बिबाद बढ्दै गएपछि मंगलबार केहिबेर गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत भएको थियो ।

बिबाद समाधान गर्न विशेष सभाले गाउँ कार्यपालिकालाई सैरे पोखरा र ठुलीचौरको बिचमा केन्द्र तोक्ने अख्तियारी दिएकाले अव बस्ने बैठकले निर्णय गर्ने मालिका गाउँपालिकाका कार्यकारी अधिकृत लेखनाथ पोखरेलले बताए । मालिका गाउँपालिकाको बैठक गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गाउँपालिका प्रमुख थापाले केन्द्रको बिबाद समाधान भएकाले अब विकास र समृद्ध मालिका बनाउने योजनाका साथ अगाडी बढ्न सवैलाई आग्रह गरे । ‘केन्द्र नजिकै होस भन्ने सवैको इच्छा रहन्छ, तर अन्याय गर्नुहुँदैन,’उनले भने,‘केन्द्रको निकास आएकाले अव सवै विकासमा लागौ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend